Logo

सोमवार, आश्विन १७ गते २०७९

चीनमा 'नेपाल कब्जा गरेको' भन्दै भ्रामक र झुटा समाचार फैलाइँदै

चीनमा 'नेपाल कब्जा गरेको' भन्दै भ्रामक र झुटा समाचार फैलाइँदै

नेपालपाना माघ १४ २०७८
  • 13.9K
    SHARES
  • चीनमा 'नेपाल कब्जा गरेको' भन्दै भ्रामक र झुटा समाचार फैलाइँदै

    काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वका चीनमा नेपालबारे भ्रामक र झुटा समाचार फैलाउने गरेको पाइएको छ ।

    चिनियाँ सामाजिक सञ्जाल उइबो (weibo.com) मा सन् १७९२ मा सीनो गोर्खा युद्धका क्रममा चिङ राजवंश (qing dynasty)ले नेपालको काठाडौंसम्म आक्रमण गरेको भन्दै गलत सुचना भाइरल गरिएको पाइएको हो ।

    नेपाल  कहिल्यै पनि कसैको अधिनमा नरहेको विश्वको एक मात्र देश हो । तर, चिनियाँ सामाजिक सञ्जालमा भने नेपाल चिङ राजवंशको शरणमा परेको भन्ने किसिमको भ्रामक सुचना प्रशारण गरिएको छ ।

    उक्त अफवाह जनक पोस्टमा त्यतिबेला नेपालमा कुन राजवंश थियो भनेरसमेत उल्लेख गरिएको छैन । त्यतिबेलाको युद्धको नेतृत्व योद्धा राजकुमार बहादुर शाहले गरेका थिए भने राजगद्दीमा रणबहादुर शाह थिए ।

    यस्तै उक्त पोस्टमा सीनो गोर्खा युद्धलाई समेत गलत ढंगले प्रस्तुत गरिएको छ । यो युद्ध वास्तवमा नेपाली पक्षले तिब्बती बेइमान शासकहरू विरुद्ध सुरु गरेको थियो ।

    जसले दुई देशबीच हुने गरेको व्यापारमा गुणस्तरीय सिक्का प्रयोग नगर्ने गलत रणनीति चालेका थिए । चीनमा तिब्बतको कब्जा गरेको दमनकारी चिङ राजवंशविरुद्ध नेपालले लडाँइ सुरु गरेको थियो ।

    तर, यस बिषयमा चीनमा भने, 'तिब्बत विजय गरेको पछि चिङ राजवंशले हिमालय श्रृखला पार गर्यो र गोरखाको राजधानी याङ्बु (अहिलेको काठमाडौं) सहरमा पुगे, निराश भएको गोर्खा राजाले चिङ वंशलाई समर्पण गर्न र प्रत्येक पाँच वर्षमा सम्मान दिने आफ्नो इच्छा व्यक्त गर्यो,' भन्दै अफवाह फैलाएको पाइएको हो ।

    सुरुमा जगनम जियानिंग  नामक व्यक्तिले गरेको उक्त पोस्ट अहिले उइबो र अन्य चिनियाँ सामाजिक सञ्जाल भरी चर्चामा रहेको बताइएको छ ।

    वास्तवमा कुनै पनि नेपाली राजाले आफुलाई चिनियाँ राजवंशको शरणमा पारेका थिएनन्, र न कुनै चिनियाँ राजा काठमाडौं पुगेको थियो ।

    यद्यपि, सन् १७९२ मा दुवै देशबीच एक सन्धि भएको थियो जसअनुसार नेपाल तिब्बती मामिलामा हस्तक्षेप नगर्न तयार भएको थियो र चिनियाँ पक्षले व्यापारका लागि तिब्बतमा सहज र खुला आवतजावत गर्न दिने भएको थियो ।

    सन्धिको सद्भावमा नेपाल र चीनले एकअर्कालाई बहुमूल्य उपहार दिँदै सम्मान गर्ने गरेका थिए । तर, यो कुरालाई समेत तोडमोड गर्दै तस्बिरमा देखिने कलाकृति नेपालमा चिङ वंशको शासन स्वीकार गरेको संकेतस्वरुप नेपालीले उपहार दिएको भनिएको छ।

    माघ १४, २०७८ शुक्रवार १९:२५:५६ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend