Logo

शनिवार, आषाढ ११ गते २०७९

images

अर्थमन्त्री भन्छन्- जसले धेरै खर्च गर्छ, उसले धेरै बजेट पाउछ

अर्थमन्त्री भन्छन्- जसले धेरै खर्च गर्छ, उसले धेरै बजेट पाउछ

नेपालपाना माघ १४ २०७८
  • 5.1K
    SHARES
  • अर्थमन्त्री भन्छन्- जसले धेरै खर्च गर्छ, उसले धेरै बजेट पाउछ

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबैभन्दा बढी खर्च गगर्न सरकारलाई बढी नै बजेट दिने बताएका छन् ।

    शुक्रवार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताएका हुन् ।

    ‘सबभन्दा बढी जसले सेवा दियो त्यही राम्रो सरकार, जसले सबभन्दा बढी खर्च गर्न सक्यो त्यसैको लागि बजेट गर्ने व्यवस्था गर्ने कुरा मैले घोषणा गरेको छु,’ उनले भने, ‘यहाँहरूले खर्च गरेर अपुग भएमा थप बजेट माग गर्दा हामीले यहाँ बाँडिएको बजेट फिर्ता लिएर भए पनि दिन सक्ने अवस्थामा हुनेछौं ।’

    उनले कोभिड महामारीमा स्थानीय र प्रदेश सरकारले बढी काम गरेको उल्लेख गर्दै तल्ला सरकारले गरेका असल कामको अंगिकार गरेर जानुपर्नेमा जोड दिए । संघीयता बलियो बनाउन असल कामको अंगिकार र कतिपय व्यवहारमा सुधार गरेर जानुपर्ने उनले बताए ।

    माघ १४, २०७८ शुक्रवार २०:१४:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend