Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्रीको अडान, प्रचण्ड र माधव पनि गले

वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्रीको अडान, प्रचण्ड र माधव पनि गले

नेपाल पाना माघ १५ २०७८
  • 9.8K
    SHARES
  • वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्रीको अडान, प्रचण्ड र माधव पनि गले

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने अडान लिएका छन् ।

    सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीनै तहको निर्वाचन एकैपटक हुनेगरी असोजमा गर्नुपर्ने वा पहिला संसदीय चुनाव गरेर पछि स्थानीय चुनाव गर्नुपर्ने प्रस्ताव अघि सारेका बेला प्रधानमन्त्री देउवाले वैशाखमै गर्ने अडान लिएका हुन् ।

    देउवाको अडानसामु माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गलेका छन् । प्रचण्डले शुक्रबार माओवादी मन्त्रीहरुको बैठकमा वैशाखमै स्थानीय तहको चुनाव गर्ने तयारी भइरहेको बताएका थिए ।

    बैठकपछि अर्थमन्त्री जनार्दन शर्माले समयमै स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा राखेका थिए । यता प्रधानमन्त्री देउवाले केन्द्रीय समितिको भर्चुअल बैठकमा स्थानीय चुनावको तयारीमा केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए ।

    पदाधिकारीहरु उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरुसँगको छुट्टै बैठकमा पनि प्रधानमन्त्री देउवाले वैशाखमै स्थानीय तहको चुनाव हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएको एक पदाधिकारीले जानकारी दिए ।

    देउवाले प्रचण्ड र माधव पनि कन्भिन्स भइसकेको भन्दै आज सत्ता गठबन्धनको बैठकबाट वैशाख वा जेठसम्ममा चुनाव गर्ने निर्णय आउने जानकारी गराएका थिए ।

    माघ १५, २०७८ शनिवार ०९:४९:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्थानीय चुनाव

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend