Logo

शुक्रवार, मंसिर १६ गते २०७९

स्थगित गरिएको राष्ट्रियसभा बैठक सोमबारलाई बोलाइयो 

स्थगित गरिएको राष्ट्रियसभा बैठक सोमबारलाई बोलाइयो 

नेपालपाना माघ १५ २०७८
  • 5.6K
    SHARES
  • स्थगित गरिएको राष्ट्रियसभा बैठक सोमबारलाई बोलाइयो 

    काठमाडौं। माघ २ गते अर्को सूचना नआउन्जेललाई स्थगित गरिएको राष्ट्रियसभाको बैठक सोमबार दिउँसो बस्ने गरी बोलाइएको छ।

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका हुन्। 

    'राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९१० बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ', संघीय संसदका महासचिव डा भरतराज गौतमले शनिबार भनेका छन्।

    यसअघि कोरोनासहितको कारण देखाउँदै राष्ट्रियसभाको बैठक तीन पटकसम्म रोकिएको थियो। 

    यस्तै प्रतिनिधिसभाको बैठक आइतवार दिउँसो बस्ने भएको छ। 

    माघ १५, २०७८ शनिवार १९:११:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend