Logo

सोमवार, आश्विन १७ गते २०७९

प्रचण्ड र माधवलाई बाबुरामको काउन्टर, गठबन्धन टुटे देउवालाई साथ दिने

प्रचण्ड र माधवलाई बाबुरामको काउन्टर, गठबन्धन टुटे देउवालाई साथ दिने

नेपाल पाना माघ १७ २०७८
  • 7.2K
    SHARES
  • प्रचण्ड र माधवलाई बाबुरामको काउन्टर, गठबन्धन टुटे देउवालाई साथ दिने

    काठमाडौं । जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।

    एमसीसीबारे प्रचण्ड र माधव नेपाल अलमलमा रहेको तथा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन टुटाएर एमालेसँग मिलेर एमसीसी पारित गर्ने तयारी गरेका बेला बाबुरामले भने एमसीसी पारित गर्नुपर्नेमा जोड दिएका हुन् ।

    उनले गठबन्धन टुटाउन नहुने र टुटेमा आफू प्रधानमन्त्री देउवालाई साथ दिने पनि लाइन क्लियर पारेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीट गर्दै एमसीसी पारित गरी सबै एक मुख भएर जनतालाई बुझाउनुपर्ने बताए ।

    उनले ट्वीटरमा लेखेका छन्, 'एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऊ !' एमसीसीको वहानामा प्रतिगमनविरोधी गठबन्धन टुट्नु नहुनेमा उनले जोड दिए ।

    माघ १७, २०७८ सोमवार १०:२७:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend