काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गरेको छ। स्रोतका अनुसार बरिष्ठ सहसचिव दंगाललाई सचिवमा पदोन्नति गरिएको हो ।
हिजो आइतबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि तिन सहसचिवको नाम सिफारिस गरेको थियो।
समितिको बैठकले सहसचिवहरु रामेश्वर दंगाल, मुकुन्द प्रसाद निरौला र विनोद प्रकाश सिंहको नाम बढुवाका लागि सिफारिस गरेको थियो।
दंगाल केही महिनायता अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुख थिए।
दोश्रो नम्बरमा रहेका निरौला गृह मन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखा प्रमुख छन्। त्यसैगरी तेश्रो नम्बरमा रहेका सहसचिव सिंह सञ्चार मन्त्रालयका प्रवक्ता छन्।