Logo

शनिवार, मंसिर १७ गते २०७९

योगेश भट्टराईले पैसाको लागि सबैतिर सेटिङ मिलाएको मन्त्री आलेको खुलासा

योगेश भट्टराईले पैसाको लागि सबैतिर सेटिङ मिलाएको मन्त्री आलेको खुलासा

नेपालपाना माघ २१ २०७८
  • 6.4K
    SHARES
  • योगेश भट्टराईले पैसाको लागि सबैतिर सेटिङ मिलाएको मन्त्री आलेको खुलासा

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरुको चरित्र असल भएको भए देशको यो हालत नहुने भन्दै उनले नेताहरुको कुदृष्टिका कारण देश बिग्रिएको बताएका छन् ।

    शुक्रवार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् ।

    मन्त्री आलेले आजको दिनसम्म मन्त्रालय अन्तर्गत विभिन्न अनियमितताहरुको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको टिप्पणी गरेका छन् ।

    उनले तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईले बतास समुहसँग सेटिङ गरि सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरुमा बतास समुहसँग सम्बन्धित मान्छेहरुलाई राजनीतिक नियुक्ति दिलाएको आरोप समेत लगाएका छन् ।

    उनले भने, ‘पशुपतिमा धर्मशाला बनिसकेपछि त्यसको टेन्डरप्रक्रिया पनि पशुपति क्षेत्र विकास कोषको मिटिङ बसेर मिटिङले पास गरेपछि मात्र टेन्डर गर्न पाउने कुरा हो। परिषद्को मिटिङबाट त्यो पास पनि भएको छैन। हतार हतारमा टेन्डर निकालेर सेटिङमा त्यो पनि उहाँले लिनुभएछ। हेर्दाखेरी सबै प्रक्रिया गलत छ। उहाँ बतासकै पार्टनर रहेछन् डिमप्रसाद पौडेलजी। त्यही मान्छेलाई ल्याएर योगेश भट्टराईजीले के गर्नुभयो, निगमको एमडी बनाउनुभयो। बतासलाई यता धर्मशाला बुझाउनुभयो। यता ल्याएर निगमको एमडी बनाउनुभयो। बतास र धनन्जय रेग्मी पार्टनर। अनि उहाँलाई ल्याएर पर्यटन बोर्डको सीईओ बनाउनुभयो। कस्तो सेटिङ हेर्नुस्। अनि कसरी बन्छ त हाम्रो देश ?’

    उनले थपे, ‘सबभन्दा बढी यसको गल्ती भनेको म आफैँलाई भन्छु, नेताहरुले गर्दाखेरी हाम्रो देश बिग्रिएको। नेताहरुको चरित्र असल भएको भए यो नेपाल अहिले यो अवस्थामा हुन्थेन। जम्मै नेताहरुको कुदृष्टिको कारणले गर्दा भएको हो। यो देश बिग्रिने पहिलो कारण भनको पोलिटिसिएन। सेकेण्ड चाहीँ ब्युरोक्र्याट पनि होलान्। तर सबभन्दा बढी दोषी भनेको पोलिटीसिएन हुन्।’

    माघ २१, २०७८ शुक्रवार २०:२३:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई
  • # प्रेम आले

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend