Logo

शुक्रवार, मंसिर १६ गते २०७९

दिनेश डिसीको नेतृत्वमा बैशाख बाट नयॉ टिभि खुल्दै

दिनेश डिसीको नेतृत्वमा बैशाख बाट नयॉ टिभि खुल्दै

नेपालपाना माघ २४ २०७८
  • 6.1K
    SHARES
  • दिनेश डिसीको नेतृत्वमा बैशाख बाट नयॉ टिभि खुल्दै

    काठमाडौँ। बिगत ४ बर्षदेखि कान्तिपुर मिडिया ग्रुपमा आवद्द दिनेश डिसी अब नयॉ टेलिभिजनमा आवद्द भएका छन् । वसन्त पंचमीको शुभ दिन पारेर डिसीलाई डिएआर ग्रुपले संचालन गर्ने टेलिभिजन नेपाल नेटवर्क टेलिभिजन (NNTV)को सिइओमा नियुक्त गरेको हो। पछिल्लो समय कान्तिपुर टेलिभिजन तथा रेडियोको स्टेसन हेडको जिम्मेवारी सम्हालेका डिसी अब नेपाल नेटवर्क टेलिभिजनमा सिईओको रूपमा कार्य गर्नेछन् । कम्पनीका संरक्षक गोविन्दराम दाहाल र डिसी बिच आजै औपचारिक हस्ताक्षर समेत सम्पन्न भएको छ।

    आफ्नो तिन दशक लामो अनुभवलाई अब नयाँ प्रबिधि मार्फत अझै दर्शकहरु माझ पुर्याउने ठुलो चुनौती तथा अथाह अवसरको रुपमा लिएको डिसीले बताए। 

    तिन दशक देखि मिडियामा सक्रिय डिसी टेलिभिजन,रेडियो तथा चलचित्र क्षेत्रमा आफ्नो एउटा बेग्लै पहिचान बनाउन सफल व्यक्तित्व मानिन्छन्। यस अघि नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष समेत भएका डिसि चलचित्र विकास बोर्ड अध्यक्षको रूपमा चर्चा चलेको बेला कान्तिपुर टिभिमा प्रवेश गरेका थिए भने केहि समय अगाडी नेपाल टेलिभिजनको अध्यक्षको रूपमा चर्चा चले पनी ‘नेपाल नेटवर्क टेलिभिजन’ को प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा नियुक्त भएका छन्।

    आगामी नयाँ बर्षको सुरुवात संगै टेलिभिजनको प्रशारण सुरु हुने संचालक समिति सदस्य श्याम धितालले जानकारी दिए। शुभारम्भ संगै टेलिभिजनले रियालिटी शो ‘सिङ्गर’ सोल फुल भ्वाइस संगै अन्य कार्यक्रमहरुको प्रशारण हुने धितालले जानकारी दिए ।

    माघ २४, २०७८ सोमवार १०:०५:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दिनेश डिसी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend