Logo

आइतवार, मंसिर १८ गते २०७९

बेलायतले नेपाललाई दियो कोरोनाविरुद्धको २१ लाख डोज खोप 

बेलायतले नेपाललाई दियो कोरोनाविरुद्धको २१ लाख डोज खोप 

नेपालपाना फाल्गुण ५ २०७८
  • 8.8K
    SHARES
  • बेलायतले नेपाललाई दियो कोरोनाविरुद्धको २१ लाख डोज खोप 

    काठमाडौँ। बेलायत सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको २१ लाख डोज खोप सहयोग स्वरुप प्रदान गरेको छ ।

    मन्त्रालयमा बिहीबार भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले खोप हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा सचिव डा रोशन पोखरेल, प्रवक्ता डा संगिता मिश्रालगायतको उपस्थिति थियो ।

    त्यसक्रममा मन्त्री खतिवडाले बेलायत र नेपालको दुई सय वर्षभन्दा पुरानो मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीका बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरेका छन् । यस्तै बेलायतले नेपाललाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरेको छ ।

    फाल्गुण ५, २०७८ बिहिवार १८:०६:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बेलायत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend