Logo

आइतवार, मंसिर १८ गते २०७९

गठबन्धन भत्किने संकेत : गगन थापाले भने- एमसीसी विरोधी सँग बस्न सकिदैन

गठबन्धन भत्किने संकेत : गगन थापाले भने- एमसीसी विरोधी सँग बस्न सकिदैन

नेपालपाना फाल्गुण १० २०७८
  • 7.3K
    SHARES
  • गठबन्धन भत्किने संकेत : गगन थापाले भने- एमसीसी विरोधी सँग बस्न सकिदैन

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने टिप्पणी गरेका छन् ।

    नेता थापाले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने भन्दैसँगै बस्न नसकिने बताएका हुन् ।

    उनले भने, ‘सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तरसँगै जान्छौँ भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेरसँगै बसौं । फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन ।’

    हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उहाँले छलफलपछि सबैले एमसीसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।

    तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको बताउँदै उनले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे । एमसीसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने उनले बताए ।

    फाल्गुण १०, २०७८ मंगलवार २१:३१:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • # गगनकुमार थापा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend