Logo

शुक्रवार, मंसिर १६ गते २०७९

सर्लाहीलाई कांग्रेसमय र मधेसमै नमूना पार्टी बनाउन यस्तो छ सुरेन्द्र सिंहको भिजन, सभापति जित्ने पक्का

सर्लाहीलाई कांग्रेसमय र मधेसमै नमूना पार्टी बनाउन यस्तो छ सुरेन्द्र सिंहको भिजन, सभापति जित्ने पक्का

नेपाल पाना फाल्गुण १७ २०७८
  • 11.5K
    SHARES
  • सर्लाहीलाई कांग्रेसमय र मधेसमै नमूना पार्टी बनाउन यस्तो छ सुरेन्द्र सिंहको भिजन, सभापति जित्ने पक्का

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मधेस प्रदेशको सर्लाहीमा जिल्ला अधिवेशन हुँदैछ । जिल्ला अधिवेशनमा नेतृत्वका लागि थुप्रै आकांक्षी छन् । ती मध्येका एक हुन् सुरेन्द्र सिंह ।

    दुई कार्यकाल लगातार उपसभापति भएर पार्टीमा योगदान गरेका सिंह अब नेतृत्व गरेर कांग्रेस सर्लाहीलाई नमूना पार्टी बनाउने अभियानमा छन् । यसैका लागि उनले आसन्न जिल्ला अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारी दिएका छन् ।

    नेपाली राजनीतिका शिखर पुरुष तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको हातबाट पार्टी प्रवेश गरेर २०५६ सालदेखि सक्रिय राजनीतिक जीवन सुरु गरेका सिंहले लामो जीवन कांग्रेसमा समर्पित गरेका छन् ।

    दुईपटक उपसभापति भएका उनसँग पार्टी सञ्चालन गरेको अनुभव छ । अब पार्टी सभापति भएर आफ्नो भिजनमा उनी पाटी सञ्चालन गर्न चाहन्छन् । त्यसैका लागि उनी अघि बढेका छन् । सभापतिमा अघि बढ्दै गर्दा उनले विभिन्न भिजन अघि सारेका छन् ।

    मधेसमा यादवले यादव हेर्ने र अन्य जातिले आफ्नो जातकोलाई मात्र च्याप्ने प्रवृत्ति सख्त खिलापमा रहेका सिंह भन्छन्, 'जातीय कुरा गर्ने होइन । यो गलत हो । यादवले यादवलाई अरुले अरुलाई दिने हो भने कसरी हुन्छ ।'

    नेपाली कांग्रेसले काम गरेको, जनताको सेवा गरेको भन्दै कांग्रेस हाक्ने क्षमता राख्नेलाई भोट दिन उनले अपिल गरे । कांग्रेस हाँक्न आफू सबै हिसाबले योग्य र समक्ष रहेको उनले भने, 'जिल्ला सभापतिमा एकपटक मतदान गर्नुस् । आशिर्वाद दिनुस् ।' उनले आफूले जितेमा चार नम्बर निर्वाचन क्षेत्रजस्तै कांग्रेसलाई प्रदेशमै नमूना योजना अघि सारेका छन् ।

    'चार नम्बरमा कांग्रेस नमूना रुपमा छ । पुरै सर्लाहीलाई मधेस प्रदेशमै नमूना बनाउन मेरो उम्मेवारी हो । यो मेरो दृढ संकल्प हो । मधेस कांग्रेसको लाइफलाइन हो । मधेसको लाइफलाइन सर्लाहीलाई बनाउँछु,' उनले भने ।

    आफू सभापति बने सर्लाहीमा कांग्रेसलाई शतप्रतिशत नतिजा दिलाउन आफूले सबै प्रयत्न गर्ने उनको भनाइ छ । 'म माननीय मन्त्री बन्ने ठूलो कुरा होइन । जिल्लाका सबै माननीय जित्नुपर्छ । दुई तीन जना मन्त्री बन्नुपर्छ । व्यक्तिगत कुरा ठूलो होइन । सबै साथीलाई समेटेर जान उम्मेदवारी दिएको हुँ,' उनले भने ।

    उनले जिल्लाको चारवटै निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवार जिताउने, ८ वटा प्रदेशसभा जित्ने र पालिकाहरुमा पनि कांग्रेसको वर्चश्व कायम गर्नेगरी आफूले काम गर्ने बताए ।

    'पालिकामा ५० भन्दा पनि ठाउँमा कांग्रेसलाई जिताउन, जिल्लालाई कांग्रेसमय बनाउन उम्मेदवारी हो । कांग्रेसलाई अहिलेको अवस्थाभन्दा माथि लिने प्रयास गर्छु,' उनले भने ।

    आफ्नो पक्षमा माहोल सकारात्मक रहेको भन्दै सिंहले जित सुनिश्चित भएको र कांग्रेसका मतदाताको स्पिरिटलाई आफूले बुझेको पनि बताए ।

    फाल्गुण १७, २०७८ मंगलवार ०९:४७:५७ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend