Logo

शुक्रवार, मंसिर १६ गते २०७९

अमरेशको हर्कतले सर्लाही कांग्रेसभित्र फेरि भाँडभैलो, नयाँ र पुरानो पुस्ताबीच भिडन्त

अमरेशको हर्कतले सर्लाही कांग्रेसभित्र फेरि भाँडभैलो, नयाँ र पुरानो पुस्ताबीच भिडन्त

नेपाल पाना फाल्गुण १८ २०७८
  • 10.8K
    SHARES
  • अमरेशको हर्कतले सर्लाही कांग्रेसभित्र फेरि भाँडभैलो, नयाँ र पुरानो पुस्ताबीच भिडन्त

    मलंगवा । नेपाली कांग्रेस सर्लाहीको अधिवेशनमा सभापतिमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सभापति शेरबहादुर देउवाको समूहबाट सुरेन्द्रप्रसाद सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।

    शेखर कोइराला समूहबाट महाधिवेशनमा पराजित भएका अमरेशकुमार सिंह ‘अक्टोपस’ले लक्ष्मण रायलाई उम्मेदवार बनाएका छन् । शेखर कोइराला र अमरेशकुमार सिंह कांग्रेसभित्र अनुदारवादी नेताका रुपमा परिचित छन् । आफ्नो स्वार्थका लागि कांग्रेसलाई कमजोर बनाएर अगाडि बढ्ने नीति शेखर र अमरेशको रहेको भनेर कांग्रेसभित्र आलोचना हुने गरेको छ ।

    सभापतिका दुई उम्मेदवार सुरेन्द्रप्रसाद र लक्ष्मणका विषयमा सर्लाही कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा बिभिन्न खालका अड्कलबाजी भइरहेका छन् । सुरेन्द्रप्रसाद युवा हुन् । उनी युवाहरूका बीच लोकप्रिय छन् । कांग्रेसका कार्यकर्तालाई आवश्यक पर्दा जे पनि गर्न तयार हुने सुरेन्द्र सर्लाही जिल्लाका लोकप्रिय नेता हुन् ।

    कार्यकर्तालाई समस्या पर्दा सुरेन्द्र सबैभन्दा अग्रपंक्तिमा उभिएर सहयोग गर्छन् । लक्ष्मणलाई सांसद समेत रहेका नेता अमरेशकुमार सिंहको ‘गोटी’ भनेर चर्चा हुने गरेको छ ।

    सर्लाहीमा कमजोर हुँदै गएका अमरेशले लक्ष्मणलाई सभापति बनाएर आफू अनुकूल गर्ने योजनामा छन् । सभापतिमा उम्मेदवारी घोषणा गरेका लक्ष्मणलाई ‘वृद्ध’ नेता भनेर चर्चा हुन थालेको छ । महाधिवेशन प्रतिनिधिमा पराजित भएका अमरेशले सर्लाही कांग्रेसभित्र भाँडभैलो मच्चाउँदै आएका छन् ।

    अमरेशको राजनीति सर्लाहीमा धरमराउँदै गएको छ । लक्ष्मणको काँधमा बन्दुक राखेर अमरेशले आफ्नो राजनीतिक रोटी सेकाउने तयारीमा अन्तिम अस्त्र उठाएका छन् ।

    सर्लाही जिल्लाका कांग्रेसको हितका लागि सभापतिमा मतदात गर्दा सिंह र रायमध्ये कसलाई मतदान गर्ने भनेर ध्यान दिनुपर्ने आवाज उठेको छ ।

    फाल्गुण १८, २०७८ बुधवार ०९:४५:४६ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend