Logo

शनिवार, मंसिर १७ गते २०७९

सर्लाही कांग्रेसमा देउवाको दबदबा, संस्थापन पक्षलाई जिताउन युवा नेता ठाकुरको अपील

सर्लाही कांग्रेसमा देउवाको दबदबा, संस्थापन पक्षलाई जिताउन युवा नेता ठाकुरको अपील

नेपाल पाना फाल्गुण २१ २०७८
  • 9.0K
    SHARES
  • सर्लाही कांग्रेसमा देउवाको दबदबा, संस्थापन पक्षलाई जिताउन युवा नेता ठाकुरको अपील

    काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशनअन्तर्गत फागुन २३ गते मतदान हुँदैछ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमको सूचनाअनुसार उम्मेदवारी दिने समय आज साँझसम्म तोकिएको छ ।

    नयाँ नेतृत्व चुन्ने जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट सुरेन्द्र प्रसाद सिंहले उम्मेदवारी घोषणा गरेका छन् । सिंहको टिम तयार भइसकेको छ । जिल्लामा संस्थापन अर्थात शेरबहादुर देउवा पक्षको दबदबामा रहेका बेला सिंहले समावेशी र क्षमतावान टिम बनाएर अघि बढेका छन् ।

    सिंहको टिमलाई जिताउन कांग्रेसका युवा नेता विकाशकुमार ठाकुर मधेस झरेका छन् । उनी शुक्रबार काठमाडौंबाट सर्लाही पुगेका छन् । सर्लाहीका नेता कार्यकर्ता तथा मतदातालाई जिल्लामा बलियो कांग्रेस बनाउन सिंहको नेतृत्व उपयुक्त भन्दै संस्थापन पक्षका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।

    पछिल्लो समय जिल्लामा अमरेश सिंह निकट व्यक्तिहरुका कारण कांग्रेस कमजोर भएको, गुट मौलाएको, गोजीको कांग्रेस भएको र कम्युनिस्टले टाउको उठाउने अवसर पाएको भन्दै यसपालि परिवर्तनलाई स्वीकार गरेर उर्जाशील कांग्रेस बनाउने अभियानमा लाग्न उनले आम नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

    के छन् एजेण्डा ?

    वर्तमान उपसभापति रहेका नेता सिंहसँग पार्टी सञ्चालन गरेको अनुभव छ । अब पार्टी सभापति भएर आफ्नो भिजनमा उनी पाटी सञ्चालन गर्न चाहन्छन् । त्यसैका लागि उनी अघि बढेका छन् । सभापतिमा अघि बढ्दै गर्दा उनले विभिन्न भिजन अघि सारेका छन् ।

    मधेसमा यादवले यादव हेर्ने र अन्य जातिले आफ्नो जातकोलाई मात्र च्याप्ने प्रवृत्ति सख्त खिलापमा रहेका सिंह भन्छन्, 'जातीय कुरा गर्ने होइन । यो गलत हो । यादवले यादवलाई अरुले अरुलाई दिने हो भने कसरी हुन्छ ।' नेपाली कांग्रेसले काम गरेको, जनताको सेवा गरेको भन्दै कांग्रेस हाक्ने क्षमता राख्नेलाई भोट दिन उनले अपिल गरे । कांग्रेस हाँक्न आफू सबै हिसाबले योग्य र समक्ष रहेको उनले भने, 'जिल्ला सभापतिमा एकपटक मतदान गर्नुस् । आशिर्वाद दिनुस् ।' उनले आफूले जितेमा चार नम्बर निर्वाचन क्षेत्रजस्तै कांग्रेसलाई प्रदेशमै नमूना बनाउने योजना अघि सारेका छन् ।

    'चार नम्बरमा कांग्रेस नमूना रुपमा छ । पुरै सर्लाहीलाई मधेस प्रदेशमै नमूना बनाउन मेरो उम्मेवारी हो । यो मेरो दृढ संकल्प हो । मधेस कांग्रेसको लाइफलाइन हो । मधेसको लाइफलाइन सर्लाहीलाई बनाउँछु,' उनले भने ।

    'पालिकामा ८० प्रतिशत भन्दा बढी ठाउँमा कांग्रेसलाई जिताउन, जिल्लालाई कांग्रेसमय बनाउन उम्मेदवारी हो । कांग्रेसलाई अहिलेको अवस्थाभन्दा माथि लिने प्रयास गर्छु,' उनले भने ।

    फाल्गुण २१, २०७८ शनिवार १३:२८:५९ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend