Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

नेपाली क्रिकेट टोलीले श्रीलंकामा चार वटा एक दिवसीय खेल्दै

नेपाली क्रिकेट टोलीले श्रीलंकामा चार वटा एक दिवसीय खेल्दै

नेपालपाना फाल्गुण २१ २०७८
  • 4.8K
    SHARES
  • नेपाली क्रिकेट टोलीले श्रीलंकामा चार वटा एक दिवसीय खेल्दै

    काठमाडौं। युनाइटेड अरब इमिरेट्स (यूएई) मा आयोजना हुने एक दिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम शनिबार श्रीलंका गएको छ । 

    आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो । श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ वटा अभ्यास खेल खेल्ने छ ।

    नेपालले सोमबार श्रीलंका नाभी, मंगलबार श्रीलंका नाभी, बिहीबार श्रीलंका पुलिस र शुक्रबार फस्ट क्लास खेलाडी सम्मलित टोलीसँग अभ्यास खेल खेल्ने छ ।

    नेपालले सिरिजका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छ ।

    नेपालले सिरिजमा यूएई र पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्नेछ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ  ।

    फाल्गुण २१, २०७८ शनिवार १९:३७:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend