Logo

आइतवार, मंसिर १८ गते २०७९

संसद भंग गरेर तीनै तहको निर्वाचन एकैसाथ गर्ने तयारी

संसद भंग गरेर तीनै तहको निर्वाचन एकैसाथ गर्ने तयारी

नेपालपाना फाल्गुण २२ २०७८
  • 5.7K
    SHARES
  • संसद भंग गरेर तीनै तहको निर्वाचन एकैसाथ गर्ने तयारी

    काठमाडौं। सरकारले संसद भंग गरेर तीनै तहको निर्वाचन एकै साथ गर्ने बिषयमा समेत छलफल सुरु गरेको देखिएको छ ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने टिप्पणी गरेका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    उनले लगातार सदन अवरुद्ध भइरहेको अवस्थामा संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल भइरहेको बताएका छन्। 

    एमालेले संसद् पनि चल्न नदिने, संसदमा गञ्जागोल कायम राख्ने, पंगु बनाउने काम गरिरहेको भन्दै संसद् विघटन गरेर अर्ली निर्वाचनमा जानु उत्तम बिकल्प हुने टिप्पणी गरेका हुन् ।

    आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै नेकपा एमालेले लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

    फाल्गुण २२, २०७८ आइतवार १८:१५:५४ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend