Logo

आइतवार, मंसिर १८ गते २०७९

एमसीसीका नक्कली विरोधीहरुको प्रकाशमानले झाँको झारे, बाहिर ल्याए यथार्थ कुरा

एमसीसीका नक्कली विरोधीहरुको प्रकाशमानले झाँको झारे, बाहिर ल्याए यथार्थ कुरा

नेपाल पाना फाल्गुण २५ २०७८
  • 5.5K
    SHARES
  • एमसीसीका नक्कली विरोधीहरुको प्रकाशमानले झाँको झारे, बाहिर ल्याए यथार्थ कुरा

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि आवश्यक रहेका कारण पार्टीले प्रतिपक्षमा हुँदा पनि अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

    काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका– ३१ को शंखमुलमा बुधबार बिहान आयोजित बुथ कार्यसमिति गठन समारोहलाई सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताएका हुन्।

    ‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याोउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने। उनले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने पनि जिकिर गरे।

    ‘एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गरियो,’ सिंहले भने, ‘राष्ट्रघाती भए संघीय संसदबाट पास हुन्थ्यो त? सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्ने? यसरी त मिल्दैन नि।’ उनले एमसीसीका बारेमा भ्रम छर्नेहरुले हुँदै नभएको कुरा गरेर इन्डो-प्यासिफिक रणनीतिसँग जोडेकोप्रति आपत्ति जनाए।

    ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरुले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्ग नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’

    नेता सिंहले पार्टीका सबै नेता कार्यकर्ताले नागरिकको घरघरमा पुगेर बास्तविकता बुझाउँदै कांग्रेसलाई मत दिन, जिताउन लाग्नुपर्नेमा जोड दिए।

    फाल्गुण २५, २०७८ बुधवार ११:४१:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह
  • # एमसीसी

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend