Logo

सोमवार, आश्विन १७ गते २०७९

नेपाल र भारत छिट्टै दुई वटा रेल मार्गबाट जोडिन्छन्ः भारतीय विदेश सचिव श्रृङ्ला

नेपाल र भारत छिट्टै दुई वटा रेल मार्गबाट जोडिन्छन्ः भारतीय विदेश सचिव श्रृङ्ला

नेपाल पाना फाल्गुण २५ २०७८
  • 8.0K
    SHARES
  • नेपाल र भारत छिट्टै दुई वटा रेल मार्गबाट जोडिन्छन्ः भारतीय विदेश सचिव श्रृङ्ला

    काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बताएका छन् ।

    बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेलमार्गले दुई देशलाई अझ निकट बनाउने बताए । ‘रेलमार्गका कारण दक्षिण एसियाको भूगोल द्रुत गतिमा आपसमा निकट भइरहेका छन् । छिट्टै नेपाल र भारत दुई वटा रेल लिंक र बंगलादेश र भारत ६ वटा रेल लिंकबाट जोडिने छन्,’ उनले भने ।

    भारतीय विदेश सचिव श्रृङ्लाले छिमेक पहिलो नीतिलाई भारतले उच्च प्राथमिकता दिएको जनाए । यसैकारण नेपाल, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकालाई उच्च प्राथमिकतामा राखिएको उनले बताए ।

    पाकिस्तान बाहेकका छिमेकी राष्ट्रसँग निकट रहेर भारतले काम गरिरहेको भनाई उनको थियो । नेपाल लगायतका छिमेकी राष्ट्रसँग असाध्यै राम्रो राजनीतिक सम्बन्ध कायम राखेको दाबी उनले गरे । सन् २०१४ मा पहिलो पटक नरेन्द्र मोदीले प्रधानमन्त्रीको सपथ लिंदा सार्क राष्ट्रका सरकार प्रमुखको उपस्थिती र सन् २०१९ मा दोस्रो पटक मोदीले प्रधानमन्त्रीको सपथ लिंदा बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखको उपस्थितीलाई यसको उदाहरणको रुपमा उनले प्रस्तुत गरेका थिए ।

    राजनीतिक सम्बन्ध राम्रो भएकै कारण सन् २०१४ पछि भारतका राष्ट्र तथा सरकार प्रमुखले नेपाल, भुटान र श्रीलंकामा एक दर्जनभन्दा बढी पटक भ्रमण गरेको उनले जनाए । छिमेकी राष्ट्रसँग कनेक्टीभिटी र उर्जाका क्षेत्रमा भारतले ठूलो सहकार्य गरिरहेको विदेश सचिव श्रृङ्लाले बताए ।

    उनका अनुसार भारतले अहिले नेपालमा ७ सय मेगावाट र बंगलादेशमा १ हजार १६० मेगावाट विद्युत निर्यात गरिरहेको जनाए । भुटानबाट भने भारतले १.८ गिगावाट विद्युत आयात गरिरहेको छ ।

    फाल्गुण २५, २०७८ बुधवार १६:४२:०३ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend