Logo

सोमवार, मंसिर १२ गते २०७९

संसद अधिवेशन अन्त्य भए पनि रोकिएनन् गृहमन्त्री खाण, नागरिकता विधेयक निष्कर्षमा पुर्याएरै छाड्ने अठोट

संसद अधिवेशन अन्त्य भए पनि रोकिएनन् गृहमन्त्री खाण, नागरिकता विधेयक निष्कर्षमा पुर्याएरै छाड्ने अठोट

नेपाल पाना चैत्र ५ २०७८
  • 5.6K
    SHARES
  • संसद अधिवेशन अन्त्य भए पनि रोकिएनन् गृहमन्त्री खाण, नागरिकता विधेयक निष्कर्षमा पुर्याएरै छाड्ने अठोट

    काठमाडौं । संघीय संसदको अधिवेशन अन्त्य भइसकेको छ । नागरिकतालगायत थुप्रै विधेयक नेकपा एमालेको अवरोधका बीच अलपत्र परेका छन् ।

    अधिवेशन अन्त्य हुँदा संसदका कामकारवाही ठप्प हुने भए पनि नागरिकता विधेयक अगाडि बढाउन कम्मर कसेका गृहमन्त्री बालकृष्ण खाण रोकिएका छैनन् ।

    अधिवेशन अन्त्य भए पनि नागरिकता विधेयकमा सहमति जुटाउन छलफललाई तीव्रता दिएका छन् । बर्खे अधिवेशन आह्वान हुने वित्तिकै नागरिकता विधेयक पारित गरेर ऐन कार्यान्वयन गर्ने र नागरिकताबाट वञ्चित हजारौं नागरिकलाई नागरिकता दिने मिसनमा गृहमन्त्री खाण अघि बढेका छन् ।

    नागरिकताको प्रमाणपत्र लिनबाट बञ्चित नेपाली नागरिकलाई कसरी सहजरुपमा नागरिकता प्रदान गर्न सकिन्छ भन्ने विषयमा खाणले शुक्रबार सरकारी अधिकारीबीच गृह मन्त्रालयमा छलफल गरेका छन् ।

    खाणको उपस्थितिमा भएको उक्त छलफलमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा दलहरुबीच भएको सहमतिलाई के/कसरी कार्यान्वयन गर्ने सन्दर्भमा छलफल भएको हो । सरकारले नागरिकता जस्तो संवेदनशील विषयमा दलीय सहमति जुटाउन निरन्तर वार्ता र छलफल गर्दै आएको छ ।

    नागरिकताको प्रमाणपत्र नपाएर कयौं विद्यार्थी तथा युवा युवती राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित भएका छन । नागरिकता नपाएकै कारण उनीहरुले शिक्षा र रोजगारी प्राप्तिमा विभिन्न समस्या झेल्दै आएका छन् ।

    सरकारले त्यस्ता नागरिकको आवाजलाई सम्बोधन गर्न सकिन्छ भनी विभिन्न कोणबाट छलफल र पहल गरिरहेको छ ।छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्याधिवक्ता खम्बबहादुर खाती र गृह सचिव टेकनारायण अर्याललगायत सहभागी थिए ।

    चैत्र ५, २०७८ शनिवार ०९:११:५७ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend