Logo

आइतवार, मंसिर १८ गते २०७९

प्रधानमन्त्री देउवालाई प्रकाशमानको बलियो साथ, धरातल नबिर्सिन शेखर कोइरालाहरुलाई चेतावनी

प्रधानमन्त्री देउवालाई प्रकाशमानको बलियो साथ, धरातल नबिर्सिन शेखर कोइरालाहरुलाई चेतावनी

नेपालपाना चैत्र १२ २०७८
  • 5.7K
    SHARES
  • प्रधानमन्त्री देउवालाई प्रकाशमानको बलियो साथ, धरातल नबिर्सिन शेखर कोइरालाहरुलाई चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह धरातल नबिर्सिन शेखर कोइरालाहरुलाई चेतावनी दिएका छन् । 

    चुनावी गठबन्धन गर्ने कि नगर्ने भनेर कांग्रेसमा चर्को बहस भइरहेका बेला नेता सिंहले सभापति शेरबहादुर देउवालाई साथ दिएका हुन् ।  

    सभापति देउवाले शुक्रबारको केन्द्रीय समिति बैठकमा शेखर कोइरालालगायत समूहका केन्द्रीय सदस्य प्रदेश अध्यक्षहरुलाई चुनाव पनि नजित्ने, गठबन्धन नगर भन्ने भनेर थर्काएका थिए । केपी ओलीको आतंक यति चाँडै बिर्सेको भनेर प्रश्न गरेका थिए । 

    यो भनाइलाई समर्थन गर्दै नेता सिंहले गठबन्धनको विरोध गर्नेहरूलाई उनले कुन परिस्थितिमा गठबन्धन बन्यो भन्ने वास्तविकता नबिर्सन आग्रह गरे । 

    ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत शनिबार काठमाडौंको बानेश्वरमा आयोजित कार्यक्रममा नेता सिंहले नेपालका कम्युनिस्टहरूको द्वेध चरित्रका कारण मुलुकमा अस्थिरता निम्तिएको आरोप लगाए । कांग्रेस मात्रै स्पष्ट अडानवाला पार्टी भएको दाबी उनले गरे । 

    कांग्रेसले लिएको नीति र अडानकै कारण आजसम्म हरेक राजनीतिक आन्दोलन सफल भएको जिकिर उनले गरे । 

    सत्ता र शक्तिमा रहेकाहरूले देशको हितलाई ध्यानमा राखेर काम गरे नागरिकको अपेक्षाअनुसार समृद्धि प्राप्त हुने नेता सिंहले बताए । 

    स्थानीय तहेका निर्वाचनमा गठबन्धन के गर्ने भन्ने विषयमा जारी केन्द्रीय समितिको बैठकले कार्यकर्ता, कांग्रेसका शुभचिन्तकका सुझाव र मुलुकको आवश्यकतालाई ध्यान दिएर उपयुक्त निर्णय गर्ने उनले बताए ।

    चैत्र १२, २०७८ शनिवार १७:२०:४६ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend