Logo

शनिवार, आषाढ ११ गते २०७९

images

नेपालका कम्युनिस्ट मिलाउन चीनले थाल्यो ठूलो लगानी, बेइजिङमा नेपाली नेताहरुको लर्को

नेपालका कम्युनिस्ट मिलाउन चीनले थाल्यो ठूलो लगानी, बेइजिङमा नेपाली नेताहरुको लर्को

नेपाल पाना चैत्र १३ २०७८
  • 10.4K
    SHARES
  • नेपालका कम्युनिस्ट मिलाउन चीनले थाल्यो ठूलो लगानी, बेइजिङमा नेपाली नेताहरुको लर्को

    काठमाडौं । उत्तरी छिमेकी चीनले कम्युनिस्ट मिलाउन पुन: प्रयास थालेको छ । 

    अघिल्लो एकता असफल भएर नेपालमा आफ्नो पकड कमजोर भएको निष्कर्ष निकाल्दै चीनले पुन कम्युनिस्ट एकताको लागि लगानी थालेको छ । 

    कम्युनिस्ट एकता नहुँदा भएको पकड पनि गुम्ने र एमसीसी अनुदान लिएर आएको अमेरिकी प्रभाव बढ्ने तथा अनुदानबाटै नेपालको विकास र समृद्धि हुँदा चिनियाँ ऋणले भरिएको बीआरआई परियोजना अलपत्र पर्ने चिन्तामा बेइजिङले विदेशमन्त्री वाङ यीको नेतृत्वमा उच्चस्तरीय टोली काठमाडौं पठाएको छ । 

    त्यसैगरी काठमाडौंका नेतालाई चीन बोलाएर एकताका लागि पहल गरिरहेको छ । विभिन्न औपचारिक कार्यक्रममा नाममा नेपाली नेतामाथि खर्च गरेर चीनले एकताको पहल थालेको हो । 
    केही दिनअघि कार्यक्रमको नाममा उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमालेको प्रतिनिधिमण्डललाई आमन्त्रण गरेको बेइजिङले विदेशमन्त्री नेपाल ओर्लेकै दिन माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलाई चीन बोलाएको छ । 

    चीनकै अग्रसरतामा अघिल्लो पटक एकता भएको एकीकृत नेकपा पार्टीको महासचिव बनेका पौडेल चीनले रुचाएका पात्र हुन भने गुरुङ पनि चीनप्रति सदभाव राख्ने नेता हुन् । त्यस्तै चीनसँग निकटसम्बन्ध भएका वर्षमान पुन पनि फ्लोअप उपचार भनेर चीन उत्रेका छन् । 

    निकट नेताहरुलाई बोलाएर चीनले दोस्रो तहमा कम्युनिस्ट एकताको वातावरण बनाउने र शीर्ष तहमा दबाब सिर्जना गरी आफू निकट सत्ता नेपालमा ल्याउने रणनीतिमा अघि बढेको जानकारहरु बताउँछन् ।

    चैत्र १३, २०७८ आइतवार ०९:२०:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन
  • # कम्युनिस्ट एकता

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend