काठमाडौं। भर्खरै सम्पन्न टी २० आई त्रिकोणात्मक सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाबेको टोलीसँग एक दिवसीय र टी–२० सिरिज खेल्ने भएको छ।
नेपालसँग तीन एक दिवसीय र ३ टी–२० सिरिजका लागि जिम्बावे ए टोली नेपाल आउन लागेको नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए।
नेपालले जिम्बाबेसामु ३० अप्रिलदेखि ७ मे सम्मको समय प्रस्ताव गरेको छ। जुन समयमा नेपालसँग खेल्नका लागि जिम्बाबेको टोली सकारात्मक देखिएको छ। यसबारेमा क्यानले केही दिनमा औपचारिक जानकारी दिने मल्लले बताए।