काठमाडौं। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एएफसी कप छनोटको प्रारम्भिक चरणको छनोटको पहिलो खेलमा नै घरेलु टोली मछिन्द्र फुटबल क्लब २–१ ले पराजित भएको छ।
खेलमा मछिन्द्र श्रीलंकाको ब्लु स्टार एससीसँग पराजित भएसँगै अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भएको छ।
खेलको पहिलो हाफमा ब्लु स्टारले बनाएको अग्रता नै पर्याप्त भयो। ब्लुस्टारका लागि मोहमेद इसान र सेनाल सन्देशले समान १ गोल गरे।
अतिरिक्त समयको चौथो मिनेटमा सुजल श्रेष्ठले सान्त्वना गोल फर्काए। जितसँगै ब्लु स्टारले दोस्रो चरणमा भारतको मोहन बगान सँग खेल्नेछ।