Logo

आइतवार, मंसिर १८ गते २०७९

कांग्रसले पारित गर्यो गगन थापाको चुनाव जित्ने घोषणापत्र

कांग्रसले पारित गर्यो गगन थापाको चुनाव जित्ने घोषणापत्र

नेपाल पाना बैशाख १ २०७९
  • 7.0K
    SHARES
  • कांग्रसले पारित गर्यो गगन थापाको चुनाव जित्ने घोषणापत्र

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदा पारित गरेको छ ।

    महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित तयारी समितिले तयार पारेको घोषणापत्रको मस्यौदालाई कार्यसम्पादन समिति सदस्यका सुझावहरु समेटेर पारित गरेको हो । घोषणापत्र तयारीसम्बन्धी छलफल गर्न बुधबार अपराह्न केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बसेको थियो ।

    बैठकमा सदस्यहरुले घोषणापत्र परिमार्जनका लागि विभिन्न सुझाव दिएका दिए । तिनलाई समेटेर पारित गरिएको हो । तयारी समितिले वैशाख ११ गते लोकतन्त्र दिवसका दिन घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ । कांग्रेसलाई चुनाव जिताउन यो घोषणापत्र महत्वपूर्ण सावित हुनेछ ।

    बैशाख १, २०७९ बिहिवार ०८:०३:०० बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend