Logo

शनिवार, श्रावण २८ गते २०७९

images

गभर्नरलाई निलम्बन नगर्ने सर्वोच्चबाट आयो आदेश

गभर्नरलाई निलम्बन नगर्ने सर्वोच्चबाट आयो आदेश

नेपालपाना बैशाख ६ २०७९
  • 4.3K
    SHARES
  • गभर्नरलाई निलम्बन नगर्ने सर्वोच्चबाट आयो आदेश

    काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन नगर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्नरनगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी हो । सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि वैशाख १३ गते सर्वोच्चमा झिकाएको छ ।

    निलम्बनमा परेका गर्भनर अधिकारीले मन्त्रिपरिषद्को निर्णय खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

    सरकारले अधिकारीलाई निलम्बन गर्दै कार्यवाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिएको थियो । सरकारले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा चन्द्रकान्त पौडेल र सूर्यबहादुर थापा सदस्य रहेको तीन सदस्यीय समिति बनाएर छानबिन थालेपछि अधिकारी स्वतस् निलम्बनमा परेका थिए ।

    बैशाख ६, २०७९ मंगलवार १८:२४:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend