Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

अमेरिकी पाँच सदस्यीय सांसदको टोली काठमाडौंमा

अमेरिकी पाँच सदस्यीय सांसदको टोली काठमाडौंमा

नेपाल पाना बैशाख १० २०७९
  • 2.7K
    SHARES
  • अमेरिकी पाँच सदस्यीय सांसदको टोली काठमाडौंमा

    काठमाडौं । अमेरिकी पाँच सदस्यीय सांसदको टोली नेपाल आइपुगेको छ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको उपलक्ष्यमा सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वको टोली तीन दिने भ्रमणका लागि शुक्रबार बेलुकी काठमाडौं आइपुगेको हो ।

    नेपाल अमेरिका सम्बन्ध, युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न अमेरिकी सांसदको टोली नेपालमा आएको हो । क्रिस्टन जिलिब्रान्डसहित सेनेटरहरु, शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली, मोन्डेयर जोन्स रहेका छन् ।

    अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार उक्त टोली र परराष्ट्र मन्त्री नारायण खड्काबीच शनिबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता हुने छ ।

    बैशाख १०, २०७९ शनिवार ०७:३०:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend