काठमाडौं। ६७ औँ स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल मुद्रा ल्याइरहेको जानकारी दिएका छन् ।
उनले कागजको नोट चलाउनबाट सुरु भएको राष्ट्र बैंकको यात्रा अब, डिजिटल करेन्सीमार्फत अघि बढेको बताएका छन् । अहिलेको भौतिक मुद्रालाई विस्थापित गरेर डिजिटल मुद्रामा ल्याउने उनले बताएका हुन् ।
यसका लागि सार्क राष्ट्र अन्तर्गतका केन्द्रीय बैंकहरूको प्रतिनिधि सहितको समूहले कन्सेप्ट पेपर तयार पारिरहेको समेत उनले बताएका छन् ।
सुरुमा बिटक्वैन क्रिप्टोकरेन्सीले चर्चापाएपछि अहिले विश्वभरका मुलुहरु क्रिप्टादेखि डिजिटल करेन्सीको दौडमा अघि बढेका छन् ।