कुलगाम- जिल्लाका निजामती सेवा आकांक्षीहरूलाई उत्कृष्ट अवसरहरू प्रदान गर्न, जिल्ला प्रशासन कुलगामले जिल्ला सदरमुकाममा एक सुसज्जित पुस्तकालय कम पठन कक्ष स्थापना गरेका छन्।
यो पुस्तकालय निजामति प्रवेश गर्न चाहनेहरुका लागि खुला गरिएको छ। यस अवसरमा बोल्दै कुलगामका डिप्युटी कमिश्नर (डीसी) डा. बिलाल मोहिउद्दीन भाटले युवाहरूमा निजामती सेवालाई करियरको रूपमा लिनको लागि धेरै उत्साह रहेको र जिल्ला प्रशासनले यी उम्मेद्वारहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न यो पहल गरेको बताए। यी परीक्षाहरूको लागि तयारी गर्न निकै सहयोग पुगेको बताइएको छ।
उनले सरकारका नीतिहरू सधैं युवा हितकारी रहेको भन्दै आफ्नो जिल्ला र प्रदेशलाई गौरवान्वित बनाउन युवाहरू अगाडि आउन, तनमनका साथ सहभागी हुनुपर्ने बताए।
फेसबुकमा 'निजामती सेवा परीक्षा पुस्तकालय कम रिडिंग रूम कुलगाम' समहू बनाइएको छ। जसमा दैनिक समसामयिक मामिलाहरू र अन्य अध्ययन सामग्रीहरू बारे अद्यावधिक गरिन्छ।
भारत सरकारले धारा ३७० को खारेजीसँगै जम्मु काश्मीरमा विकास र प्रगति व्यापकरुपमा अघि बढिरहेको छ।