Logo

बुधवार, आषाढ २२ गते २०७९

images

त्रिभुवन विश्वविद्यालयले दियो २३ दिन बिदा

त्रिभुवन विश्वविद्यालयले दियो २३ दिन बिदा

नेपालपाना बैशाख १५ २०७९
  • 2.7K
    SHARES
  • त्रिभुवन विश्वविद्यालयले दियो २३ दिन बिदा

    काठमाडौं। त्रिभुवन विश्वविद्यालयले वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पसमा बिदा दिने निर्णय गरेको छ ।

    विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आज एक विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिएको हो ।

    विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पसको हकमा सम्बन्धित संस्थानबाट निर्णय गरे बमोजिम गर्ने तथा अन्य क्याम्पस, विभाग र स्कुलको हकमा विद्यार्थीको नियमित परीक्षा सञ्चालन यथावत रहने गरी २०७९ वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन चालू शैक्षिक सत्रको वर्षे बिदा दिने निर्णय भएको उल्लेख छ ।

    बैशाख १५, २०७९ बिहिवार १८:५१:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिदा
  • # शिक्षा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend