Logo

मंगलवार, श्रावण ३१ गते २०७९

images

फुटबलका १० राष्ट्रिय खेलाडीले प्रशिक्षण छाडे, अल्मुताइरीले १७ खेलाडी टिममा ल्याए

फुटबलका १० राष्ट्रिय खेलाडीले प्रशिक्षण छाडे, अल्मुताइरीले १७ खेलाडी टिममा ल्याए

नेपालपाना बैशाख १६ २०७९
  • 4.7K
    SHARES
  • फुटबलका १० राष्ट्रिय खेलाडीले प्रशिक्षण छाडे, अल्मुताइरीले १७ खेलाडी टिममा ल्याए

    काठमाडौं। राष्ट्रिय फुटबल टोलीका १० खेलाडीले प्रशिक्षण बहिष्कार गरी पत्रकार सम्मेलन गरेको भोलिपल्ट मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षण बहिष्कार गर्ने खेलाडीलाई टोलीमा समावेश नगर्ने संकेत गर्दै नयाँ खेलाडीलाई बोलाएका छन् ।

    आज बन्द प्रशिक्षणमा १७ खेलाडी बोलाइएका छन् । यसरी बोलाइएकामा गोलकिपर विकेश कुथुसहित खेलाडीहरु जर्ज प्रिन्स कार्की, अभिषेक बराल, विशाल सुनार, आशिष चौधरी, आकाश बुढा मगर, सुशील राई, सुनिल श्रेष्ठ, शिव गुरुङ, सेसे हाङ आङदम्बे, सञ्जोक राई, रुपबहादुर लामा, रोशन राना मगर, राजन गुरुङ, निरकुमार राई, मनिष जर्घा मगर र विकास तामाङ छन् ।

    बिहिबार रोहित चन्दलगायत खेलाडीहरुले पत्रकार सम्मेलन गरी अल्मुताइरीले आफूहरुले जायज विषय उठाउँदा धम्की दिएको बताएका थिए । चन्दलाई केही चोट लागेपछि टिममा नराखने अल्मुताइरीको योजना बुझेपछि विवाद चलेको थियो । चन्दले होस्टलमा समस्याहरु रहेको विषय पनि उठाएका थिए ।

    बैशाख १६, २०७९ शुक्रवार २०:५७:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend