Logo

शनिवार, आषाढ ११ गते २०७९

images

दक्षिण एसियालाई आर्थिक उपनिवेश बनाउने चिनियाँ रणनीति यसरी भयो फेल, श्रीलंका, माल्दिभ्स हुँदै दन्किएको आगो पाकिस्तान र नेपालसम्म फैलियो

दक्षिण एसियालाई आर्थिक उपनिवेश बनाउने चिनियाँ रणनीति यसरी भयो फेल, श्रीलंका, माल्दिभ्स हुँदै दन्किएको आगो पाकिस्तान र नेपालसम्म फैलियो

नेपाल पाना बैशाख १८ २०७९
  • 13.9K
    SHARES
  • दक्षिण एसियालाई आर्थिक उपनिवेश बनाउने चिनियाँ रणनीति यसरी भयो फेल, श्रीलंका, माल्दिभ्स हुँदै दन्किएको आगो पाकिस्तान र नेपालसम्म फैलियो

    काठमाडौं । आफ्नो आर्थिक साम्राज्य विस्तार गर्दै विश्वकै महाशक्ति बन्ने दौडमा रहेको चीन दक्षिण एसियामा भने असफल भएको छ ।

    आर्थिक साम्राज्यको द्वार दक्षिण एसियालाई टार्गेट गरेको चीनको नियोजित रणनीति यस क्षेत्रमा कामयाब हुन सकेन । बरु दक्षिण एसियाका पाकिस्तान, श्रीलंका र माल्दिभ्सको खराब अर्थव्यवस्थाको कारक बन्न पुग्यो । यहीँ अवस्थाको फाइदा बरु चीनले उठाएको छ ।

    तर घटनाक्रमले दक्षिण एसियाली देशको विश्वास गुमाएको र नकारात्मक परिणाम भोगेको छ । चीनले आर्थिक सहायताका नाममा सुरुमा पैसा दिने र पछि ऋणग्रस्त बनाएर ती राष्ट्रको सम्प्रभुतामै अतिक्रमण गर्नेसम्मको प्रयास गरेको छ । सहयोग लिने देशहरुले पनि यो महसुस गरेका छन् ।

    भारी ऋणमा डुबेको श्रीलंकालाई चीनले एक पुरै शताब्दीका लागि राष्ट्रिय सम्पत्ति लिजमा दिन बाध्य पारेको छ । जसले उपनिवेशवादको झल्को दिएको छ । विवादास्पद पूर्वराष्ट्रपति अब्दुल्ला यामिनमार्फत माल्दिभ्समा चिनियाँ रजाई र श्रीलंकाको पनि चिनियाँ दबाबमा पर्नु यसका उदाहरण हुन् ।

    अर्को तर्फ मुसलमानको वकालत गर्ने पाकिस्तान चीनका मुस्लिम उइगरमाथि भएको दमनमा मुख खोल्दैन । उल्टै राम्रो व्यवहार गरेको भनेर चीनको गुणगान गाइरहेको छ । चीन-पाकिस्तान आर्थिक करिडोरबाट पाकिस्तानसँग जोडिएको चीनले यस्तो प्रभाव पारेको छ कि उइगर दमनविरुद्ध बोल्ने त छोड्नुस् स्वतन्त्र रुपमा राष्ट्रिय र रणनीतिक निर्णय लिने अधिकार पनि गुमाएको छ ।

    श्रीलंकालाई ऋणको जालममा हम्बोटन बन्दरगाह कब्जा गरेर चीनले हिन्द महासागरमा आँखा गाडेको छ । जुन सामरिक द्वन्द्वको खतराको संकेत हो । दक्षिण एसियाली शान्ति भंग गर्ने चाल पनि हो । श्रीलंकाको राजापाक्षे परिवार चीनसँग अति निकटताको परिणाम अहिले पुरै देशले भोगिरहेको छ ।

    पश्चिममाको आर्थिक प्रतिबन्धमा परेको छ । हालैमात्र आर्थिक संकटमा परेपछि श्रीलंकाले अन्तर्राष्ट्रीय मुद्रा कोष (आईएमएफ)गुहार्यो। तर चीनले सहायता दिने आश्वासन दिएर रोक्यो । तर चीनले दिएको भनिएको सहायता पनि अनुदान नभई ऋण रहेको खुलेको छ ।

    ब्लूमबर्ग न्यूजको रिपोर्टअनुसार वित्तीय सहायताका नाममा चीनले ऋण दिएर श्रीलंकालाई थप दबाबमा पारेको छ । कोलम्बोस्थित थिंक-टैंक अवेयरलग इनिशिएटिवका संस्थापक जर्ज कुक चीनले आश्वासन दिएर फसाएको र संकटमा भारत सहयोगी हात लिएर अघि आएको बताउँछन् ।

    कोलम्बो विश्वविद्यालयमा श्रीलंकाको सार्वजनिक ऋणको गतिशीलतामाथि शोध गर्ने उमेश मोरामुदलीले श्रीलंका प्रति चीनको दृष्टिकोण एक स्पष्ट बदलाव आएको बताए । जसमा सहायताको आश्वासन दिएर श्रीलंकालाई ऋण थप्ने दिशातिर गयो । चीनको यस्तो रबैयाका बीच श्रीलंका सचेत भएको छ भारत र अमेरिकासँग सहकार्य बढाएको छ । श्रीलंकाले बल्ल व्यापारी चीनलाई चिन्न सकेको छ ।

    श्रीलंकाको अनुभव म्यांमार, मलेसिया र नेपालजस्ता देशहरुलाई चिनियाँ लगानीका परियोजना स्थगित गर्नका लागि प्रेरित गरिरहेको छ । एउटा केस स्टडीका रुपमा श्रीलंका अघि आएको छ । माल्दिभ्समा चीनले अघिल्ला राष्ट्रपतिको निरंकुश सरकार स्थापित गरेर टापु देश नै आफ्नो रणनीतिक स्वार्थमा चलाउने प्रयास गरेको थियो । अब्दुल्ला यामीनले चिनियाँ युद्धपोत राख्ने र भारतीय परियोजना अवरुद्ध गरेका थिए ।

    जसलाई २०१८ मा सत्तामा आएका नयाँ राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले करेक्सन गरे । चीनमाथि माल्दिभ्सको निर्भरता हटाउने अभियानलाई तिव्रता दिए । नेपालमा पनि अहिले चीन पछारिएको अन्तर्ष्ट्रिय विश्लेषक बताउँछन्। माल्दिभ्स कुटनीतिक मामिला जानकार राजा मोहन भारत र अमेरिकाका लागि पेण्डुलम स्विंग नेपालमा देखिँदैछ ।

    प्रधानमंत्री शेरबहादुर देउवाले हालसालै भारत भ्रमण गरेर भारतसँग सम्बन्ध मजबुत बनाउन खोजेका छन् । जो नेपालका कम्युनिस्टलाई एक गरेर आफ्नो स्वार्थसिद्ध अर्थात आर्थिक उपनिवेशको द्वार नेपाललाई बनाउने चिनियाँ षडयन्त्रलाई धक्का हो । देउवाले सरकारले चीनको पासोभित्र परेको नेपाललाई सही बाटोमा ल्याउदै नयाँ अन्तर्राष्ट्रिय आयाम दिएका छन् ।

    पाकिस्तानमा पनि चिनियाँ संकट मडारिँदैछ । बेल्ट एंड रोड इनिशिएटिव (बीआरआई) को प्रमुख परियोजना सीपीईसीमा पैसा खन्याउने प्रतिबद्धता गरेको चीनले आफ्नो बाचा पूरा गरेको छैन । सीपीईसीविरुद्ध पाकिस्तानमा बेला बेला विरोध प्रदर्शन पनि हुने गरेको छ । पाकिस्तानमा चीन विरोधी भावना बढिरहेको छ ।

    चिनियाँ षडयन्त्रविरुद्ध नागरिक विद्रोहमा उत्रिएका छन् । हालैमात्र कराची विश्वविद्यालयको कन्फयूसियस संस्थानका शिक्षकहरु आत्मघाती विस्फोटमा मारिए । चार जना चिनियाँ नागरिकको ज्यान जानेगरी भएको विस्फोटको जिम्मा लिएको अलगाववादी उग्रवादी समूह बलूच लिबरेशन आर्मी (बीएलए)ले चिनियाँ आर्थिक सांस्कृतिक र राजनीतिक विस्तारवादको मतियार कन्फ्यूशियस संस्थान बनेकाले उसलाई निशाना बनाइएको बतायो ।

    यो घटनामा चीनले दोषीलाई कडा कारवाही गर्न नै माग गरयो । घटनामा संलग्नले मूल्य चुकाउनुपर्ने चेतावनी दियो । पछिल्ला दिनमा पाकिस्तानमा चिनियाँ नागरिक र चिनियाँ स्वार्थलाई केन्द्रीत गरेर नागरिकतहबाट हमला हुन थालेको छ । पाकिस्तान चाइना आर्थिक करिडोरका लागि महत्वपूर्ण बलूचिस्तान प्रान्तमा विरोध बढ्दो छ ।

    ग्वादरमा पोर्टबाट मध्य पूर्व जोड्ने रुटलाई चीनले आफ्नो परियोजनामार्फत हत्याउन टार्गेट गरेको छ । बलूच लिबरेशन आर्मी बीएलए बलूचिस्तानको खनिज संशाधनो उत्खनन गर्ने चिनियाँ कार्य र त्यसलाई समर्थन गर्ने इस्लामाबाद हस्तक्षेपको विरोध गर्छ । बलूच अलगाववादी लडाकु आफ्नो प्रान्तको प्राकृतिक स्रोतको सुरक्षाका लागि विद्रोहमा छन् । बीएलएले चिनियाँ राजदूतलाई समेत लक्षित गरी हमला गरेका छन् । चिनियाँ उपनिवेश र शोषणविरुद्ध उनीहरु प्रतिकारमा छन् ।

    पाकिस्तानी सरकारले चिनियाँ आयोजनालाई सुरक्षा दिने आश्वासन बाँडे पनि जनस्तरको विद्रोहले चीन पाकिस्तानबाट लखेटिने चरणमा छ । आफ्नो स्वार्थका लागि पाकिस्तानमा घुसेको चीनले अति नै गरेपछि नागरिक तहमा प्रतिकार ज्वाल दन्किएको छ । बीएलएका प्रवक्ता जीयंद बलूचले बलूच लिबरेशन आर्मीका मजीद ब्रिगेडका सैयौं उच्च प्रशिक्षित पुरुष र महिला सदस्य बलूचिस्तान र पाकिस्तानका कुनै पनि भुभागमा घातक हमला गर्न तयार छन् ।

    बेइजिङलाई अझै कठोर हमलाको चेतावनी दिँदै जबसम्म चीनले शोषण परियोजनाहरु र पाकिस्तानी राज्यमाथि कब्जा रोक्दैन तबसम्म प्रतिकार जारी रहने जनाएको छ । जसरी चीन पूरै दक्षिण एशियामा अलग-अलग प्रकृतिको उपनिवेश रणनीतिमा अघि बढ्यो त्यो उसकै लागि आत्मघाती बन्दै गइरहेको छ ।

    कुटनीति विश्लेषक राजा मोहन चीन कहाँ पुग्यो भनेर मूल्यांकन गर्छन्, ‘केही वर्षअघि यस्तो लाग्थ्यो कि चीन उपमहाद्वीपमा एक अप्रतिरोध्य ताकत हो । बेइजिङको बेल्ट एण्ड रोड इनिशिएटिव (जसमा यस क्षेत्रमा राष्ट्रहरुमा पैसाको बाढी ल्याउने भनिएको थियो)लाई गेम-चेन्जका रुपमा व्यापक रूपमा प्रशंसा गरियो ।

    तर व्यवहारमा भने त्यस्तो भएन । ऋणको भारी बोकेर आएको चीन नोट बर्साउने कुरै भएन । चीनलाई संयुक्त राज्य अमेरिका र भारत अब पछडि धकेलिरहेका छन् । बेइजिङ उपमहाद्वीपमा शक्तिशाली बन्न खोज्दा नयाँ दिल्ली र वाशिंगटन मैदानमा उत्रिएका छन् । सहयोगको प्रलोभनमा पारेर देशभित्र छिर्ने र आर्थिक रुपमा उपनिवेश बनाउने चिनियाँ रणनीति अहिले फेल हुने अवस्थामा छ ।

    किनकि दक्षिण एसियाली राष्ट्रले असलियत बुझिसकेका छन् । स्वार्थै स्वार्थले भरिएको सहकार्यलाई देशहरुले लत्याउन थालेका छन् ।

    बैशाख १८, २०७९ आइतवार ०६:५४:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन
  • # दक्षिण एशिया

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend