Logo

आइतवार, मंसिर १८ गते २०७९

सर्लाहीमा कांग्रेसकै आधिकारिक उम्मेदवारविरुद्ध अमरेशले १३ ठाउँमा उठाए बागी, दिल्लीमा बसेर कांग्रेस हराउने अभियान

सर्लाहीमा कांग्रेसकै आधिकारिक उम्मेदवारविरुद्ध अमरेशले १३ ठाउँमा उठाए बागी, दिल्लीमा बसेर कांग्रेस हराउने अभियान

नेपाल पाना बैशाख १८ २०७९
  • 7.5K
    SHARES
  • सर्लाहीमा कांग्रेसकै आधिकारिक उम्मेदवारविरुद्ध अमरेशले १३ ठाउँमा उठाए बागी, दिल्लीमा बसेर कांग्रेस हराउने अभियान

    काठमाडौं । नेपाली कांग्रेसका संघीय सांसद अमरेशकुमार सिंहले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध १३ ठाउँमा बागी उठाएका छन् ।

    आफ्नो निर्वाचन क्षेत्र सर्लाही चारमा कांग्रेसले उठाएका आधिकारिक उम्मेदवारविरुद्ध अमरेशले १३ जना बागी उठाएका छन् । यसक्रममा अमरेशले आफ्नै पार्टीका उम्मेदवार हराउन उपेन्द्र यादवसँग हात मिलाएका छन् । उपेन्द्रको जसपाका नेता कार्यकर्तालाई अन्धाधुन्ध आफ्नो क्षेत्रमा उम्मेदवार खडा गरेका छन् वा समर्थन गरेका छन् ।

    सर्लाही कांग्रेसमा सुरेन्द्र सिंहको नेतृत्वमा जुधारु नेतृत्व आएपछि पार्टीमा जागरण छ । युवाहरुको आकर्षण बढेको छ । जिल्ला नै कांग्रेसमय बनाउने अभियानमा पार्टी नेतृत्व हिँडिरहेका बेला जिल्लाबाट विस्थापित अमरेश दिल्लीमा बसेर पार्टी कमजोर बनाउने षडयन्त्रमा सक्रिय भएका छन् । यसको लागि उनले आफ्नै चुनाव क्षेत्रलाई उपयोग गरेका छन् ।

    यहाँको बलरा नगरपालिका, रामनगर गाउँपालिका, गोडैता गाउँपालिकामा कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठाएका छन् ।

    जसमा बलराको उपमेयर उम्मेदवार जसपाकी हेमन कुमारी देवीलाई अमरेशले समर्थन गरेका छन् । वडा नम्बर १ को अध्यक्षमा जसपा उम्मेदवार सन्तोष कुमार सिंहलाई अमरेशले कांग्रेस उम्मेदवारविरुद्ध सहायता गरेका छन् । वडा नम्बर २ अध्यक्ष उम्मेदवार जगन्नाथ सहनी, वडा नम्बर ३ अध्यक्ष उम्मेदवार विनयकुमार झा, वडा नम्बर ४ अध्यक्ष उम्मेदवार केशव झा, वडा नम्बर ५ अध्यक्ष उम्मेदवार दिनेश महतोलाई कांग्रेस उम्मेदवारविरुद्ध प्रयोग गरेका छन् ।

    त्यसैगरी रामनगर गाउँपालिका अध्यक्षमा के एस राहुल बर्मा, वडाध्यक्षमा एक नम्बरमा अभिनन्दन सहनी, दुई नम्बर वडामा नितु यादव, वडा नम्बर ४ मा गजेन्द्र राउत र वडा नम्बर ६ मा सुमन शुक्लालाई स्वतन्त्र उम्मेदवारका रुपमा अमरेशले अघि सारेका छन् । त्यसैगरी गोडैता नगरपालिकामा श्यामबाबु साहलाई मेयरको उम्मेदवारमा अघि सारेका छन् ।

    धनकौल वडा नम्बर १ मा लक्ष्मीनारायण महतोलाई उम्मेदवारका रुपमा अघि सारेका छन् । स्थानीय चुनावमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उठाएर जिल्लामा कांग्रेस कमजोर बनाउने र नयाँ नेतृत्वसँग बदला लिने दाउमा अघि बढेका अमरेश सिंहलाई कारवाही गर्न पार्टीभित्रै माग उठेको छ ।

    अमरेश हाल नयाँदिल्लीमा बसेर पार्टीविरोधी गतिविधिमा आफ्नो स्रोत परिचालन गरिरहेको भन्दै कांग्रेस केन्द्रीय कार्यालयमा उजुरीसमेत परेको छ ।

    बैशाख १८, २०७९ आइतवार ०९:५६:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमरेश कुमार सिंह

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend