Logo

शनिवार, मंसिर १७ गते २०७९

सर्लाहीको रामनगरमा रित्तियो माओवादी, प्रदेशमन्त्री सिंहले स्वागत गरे सयौं नेता कार्यकर्ता

सर्लाहीको रामनगरमा रित्तियो माओवादी, प्रदेशमन्त्री सिंहले स्वागत गरे सयौं नेता कार्यकर्ता

नेपालपाना बैशाख २० २०७९
  • 7.8K
    SHARES
  • सर्लाहीको रामनगरमा रित्तियो माओवादी, प्रदेशमन्त्री सिंहले स्वागत गरे सयौं नेता कार्यकर्ता

    काठमाडौं । मधेस प्रदेशको सर्लाही जिल्लामा नेपाली कांग्रेसमा प्रवेशको जनलहर छ । जिल्ला सभापति सुरेन्द्र सिंह, सर्लाहीबाटै प्रतनिधित्व गर्ने मधेस प्रदेश उपसभापति एवं मधेस प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहको नेतृत्वमा कांग्रेस नयाँ उचाइमा पुगेको छ । यो टिमलाई जिल्लाका सबै पार्टीका नेता कार्यकर्ताले रुचाएका छन् । यसैक्रममा सर्लाहीको रामनगरमा माओवादी छाडेर सयौं कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । प्रदेशमन्त्री सिंहले टीका र माला लागाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । 

    सर्लाहीको रामनगर गाउँपालिका वार्ड नं ५ र ६ का राम सिंहासन राय, राजकुमार यादव, रामाज्ञा यादव, राम मालिक यादव, राम प्रवेश यादव र नागेन्द्र पण्डितको नेतृत्वमा सय जनाभन्दा बढीको समूहमा माओवादी केन्द्र परित्याग गरेर पार्टी प्रवेश गरेको कांग्रेस सर्लाहीले जनाएको छ ।

    बैशाख २०, २०७९ मंगलवार १२:११:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # माओवादी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend