Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

डडेल्धुरामा कांग्रेविरुद्ध लागेका कांग्रेसकै नेतालाई डा आरजू राणाले त्यहीँ पुगेर सिकाइन् सबक

डडेल्धुरामा कांग्रेविरुद्ध लागेका कांग्रेसकै नेतालाई डा आरजू राणाले त्यहीँ पुगेर सिकाइन् सबक

नेपालपाना बैशाख २१ २०७९
  • 20.2K
    SHARES
  • डडेल्धुरामा कांग्रेविरुद्ध लागेका कांग्रेसकै नेतालाई डा आरजू राणाले त्यहीँ पुगेर सिकाइन् सबक

    काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजू राणा देउवाले गृह जिल्ला डडेल्धुरा पुगेर कांग्रेसका असन्तुष्ट जिल्ला स्तरीय नेताहरूले एमालेसँग चुनावी तालमेल गरिरहेकोमा आक्रोश पोखेकी छन् । उनले डडेल्धुरा कांग्रेसभित्र षड्यन्त्र खेल्नेहरू नेपाली कांग्रेस (विपी) पार्टीका नाममा करुवा चुनाव चिन्ह लिएर एमालेसँग तालमेल गर्नु राम्रो नभएको बताएकी छन् ।

    नेपाली कांग्रेस अमरगढी नगर समितिको आयोजनामा बुधबार डडेल्धुराको बागबजारमा भएको चुनावी आमसभामालाई सम्बोधन गर्दै नेतृ डा राणाले कांग्रेससमा रहेर षड्यन्त्र गर्नेहरू पार्टी छोडेर जाँदा केही फरक नपर्ने जिकिर गरिन् । 

    प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत रहेकी डा। राणाले ‘जसको राष्ट्रिय स्तरको नेता नभएको पार्टीले के गर्न सक्छ ? करुवा पार्टीको नेता को हो ? भन्दै डडेल्धुरा जिल्लाको विकासका लागि प्रधानमन्त्री देउवाले उल्लेखनीय काम गरेको दाबी गरिन् । नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्लप्रति लक्षित गर्दै डा।देउवाले भनिन्, ‘करुवा, सरुवा हरुवालाई कसैले पनि भोट नहाल्नु होला, रुख चिन्हमा मतदान गरि नेपाली कांग्रेसका सबै उम्मेदवारलाई जिताउनु होला ।’ 

    उनले प्रश्न गरिन,‘गुण्डालाई उठाएर म करुवा पार्टी भनेर तपाईँ पत्याउने ? पहिला चप्पल लगाउन पैसा नहुनेहरू विदेश घुम्छन् । टिकटक बनाउँछन्,’ उनले भनिन, ‘भोलि यता बजेट आवश्यकता पर्दा कसले दिन्छ बजेट ? अहिले भर्खरै प्रधानमन्त्री देउवाले जिल्लामा ३१ करोडको बजेट पार्नु भएको छ । करुवाले कति बजेट दिएको छ ?’ आक्रोशित नेतृ डा। राणाले भनिन् । धर्तीको माया गर्नेहरूले रुखमा भोट हाल्नुपर्ने बताउँदै उनले कांग्रेसको विजय भए मात्रै डडेल्धुराको विकास हुने जिकिर गरिन् ।  नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्लप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

    बैशाख २१, २०७९ बुधवार १९:३२:३१ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend