Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

चुनावमा कर्तुत देखाउने माओवादीका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले काट्यो पत्र, २४ घण्टे अल्टिमेटम

चुनावमा कर्तुत देखाउने माओवादीका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले काट्यो पत्र, २४ घण्टे अल्टिमेटम

नेपालपाना बैशाख २२ २०७९
  • 9.1K
    SHARES
  • चुनावमा कर्तुत देखाउने माओवादीका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले काट्यो पत्र, २४ घण्टे अल्टिमेटम

    काठमाडौँ- निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई स्पष्टीकरण सोधेको छ ।

    नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले चुनाव प्रभावित पार्नेगरी हर्कत गरेपछि आयोगले २४ घण्टे पत्र काटेको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले मुख्यमन्त्री भट्टलाई स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    उनकाअनुसार भट्टले कैलालीको कैलारी गाउँपालिकाका अग्निपीडितलाई तुरुन्तै घर बनाइदिने लगायतको आश्वासन दिएर निर्वाचनमा मत प्रभाव पार्ने गरी अभिव्यक्ति दिएका थिए । उनकाअनुसार आचारसंहिता विपरीत अभिव्यक्ति दिने निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ । दुबै जनालाई कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।

    पोखरेलले एक अन्तर्वार्तामा निर्वाचन आयोग दलीय दबाबबाट मुक्त नभएको आरोप लगाउँदै आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाएका थिए ।

    बैशाख २२, २०७९ बिहिवार १०:५५:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend