Logo

आइतवार, मंसिर १८ गते २०७९

बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउँदै

बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउँदै

नेपालपाना बैशाख २६ २०७९
  • 7.8K
    SHARES
  • बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउँदै

    काठमाडौं । आगामी साता बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउने नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जानकारी दिएकी छन् । मन्त्री लर्डसँगको भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने समेत राजदुत पोलिटले बताएकी छन्।

    आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट भएको थियो। उक्र समयमा उनले सो कुरा बताएकी हुन्।  

    मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।

    भेटका अवसरमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताइन्।

    उनले कोभिड–१९ बाट सुरक्षित रहनका लागि बेलायत सरकारले नेपालाई पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। 

    मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै बेलायत सरकार र त्यहाँ निजी क्षेत्रलाई त्यस्ता आयोजनामा लगानी गर्न पनि आग्रह गरिन्।

    बैशाख २६, २०७९ सोमवार १९:३०:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बेलायत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend