Logo

आइतवार, मंसिर १८ गते २०७९

मान्छे बेच्ने नभएर सामान बेच्ने देश बनाउन कांग्रेस आवश्यक- गगन थापा

मान्छे बेच्ने नभएर सामान बेच्ने देश बनाउन कांग्रेस आवश्यक- गगन थापा

नेपालपाना बैशाख २६ २०७९
  • 5.2K
    SHARES
  • मान्छे बेच्ने नभएर सामान बेच्ने देश बनाउन कांग्रेस आवश्यक- गगन थापा

    काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन्। सोमबार नेपाली कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो टिप्पणी गरेका हुन् ।

    यस्तै उनले नेपाललाई मान्छे बेच्ने देश नभई सामान बेच्ने देश बनाउनको लागि नेपाली कांग्रेसको नेतृत्वमा तीन वटै तहमा सरकार बन्न आवश्यक रहेको उल्लेख गरे। थापाले नेकपा एमाले गठबन्धन गर्न ढुकेर बसेको बताउँदै जसलाई जहाँ भेटिन्छ त्यहाँ गठबन्धन गरेको आरोप लगाए। 

    उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसबाट बसन्त बस्नेत, नेकपा एमालेबाट भागवत राउत र नेकपा एकीकृत समाजवादीबाट बलदेव चौधरी चुनावी प्रतिस्पर्धामा रहेका छन्। नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको उनको आरोप छ ।

    बैशाख २६, २०७९ सोमवार १९:३५:११ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend