काठमाडौं। माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा रहेका पुण्य गौतम एमाले प्रवेश गरेका छन्। मंगलबार काठमाडौँको भृकुटिमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा ढोगेका छन् । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् ।
गौतमले अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै भएको बताए।