Logo

शनिवार, मंसिर १७ गते २०७९

प्रचण्डको छोरीदेखि बुहारीसम्म चुनावमा बदमासी, आचारसंहिताको धज्जी उडाएपछि आयोगले लियो एक्सन

प्रचण्डको छोरीदेखि बुहारीसम्म चुनावमा बदमासी, आचारसंहिताको धज्जी उडाएपछि आयोगले लियो एक्सन

नेपाल पाना बैशाख २९ २०७९
  • 3.2K
    SHARES
  • प्रचण्डको छोरीदेखि बुहारीसम्म चुनावमा बदमासी, आचारसंहिताको धज्जी उडाएपछि आयोगले लियो एक्सन

    काठमाडौँ । स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारले आचारसंहिताको धज्जी उडाएको छ ।

    प्रचण्डले आफ्नी छोरी नतिजाए देश दुर्घटना धम्की भरतपुरका मतदातालाई दिएर आचारसंहिताको धज्जी उडाएका छन् ।

    त्यसैगरी प्रचण्डकी बुहारी बिना मगरले कञ्चनपुर क्षेत्र नम्बर १ मा मौन अवधिमै चुनाव प्रचार गर्दै आचारसंहितालाई लत्याएकी छन् । त्यसैगरी प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी कान्छी छोरी गंगा दाहालले पनि भरतपुरमा मेयरकी उम्मेदवार आफ्नी दिदी रेणु दाहाललाई मौन अवधिमा भोट मागेर आचारसंहिता उल्लंघन गरेकी छन् ।

    झण्डै झण्डै प्रचण्डको पुरै परिवारले आचारसंहिता उल्लंघन गरेर निर्वाचनमा बदमासी गरेपछि निर्वाचन आयोगले एक्सन लिएको छ । आयोगले प्रचण्ड, बिना मगर र गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले प्रचण्डलाई मतदातालाई दबाब र पार्न नपाइने भन्दै जवाफ मागेको छ ।

    त्यसैगरी माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्यसमेत रहेकी गंगा दाहाललाई निर्वाचन आचारसंहिता उलङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ। माओवादी अध्यक्ष प्रचण्डकी छोरी एवं स्वकीय सचिव गगांले व्यक्तिगत फेसबुक पेजमा गठबन्धनका उम्मेदवारहरू भरतपुर महानगरपालिकाका प्रमुखकका उम्मेदवार रेणु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीलाई अत्यधिक मतले विजयी गराऔं भनी अनुरोध गरी शेयर गरेको प्रति ध्यानाकर्षण गराउँदै उक्त कार्यले आचारसंहिताको उलङ्घन भएको आयोगले जनाएको छ ।

    निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ (घ) बमोजिम मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भात सड़गठन वा सम्बन्धित व्यक्तिले सामाजिक सञ्जाल अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने व्यवस्था छ।

    दाहाललाई सोधिएको प्रश्नमा भनिएको छ, 'यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उलङ्घन भएकाले किन कारवाही गर्नु नपर्ने हो?' यसअघि आयोगले अध्यक्ष प्रचण्डलाई पनि मतदातालाई धम्कीपूर्ण भाषामा दिएको अभिव्यक्तिमा २४ घण्टे स्पष्टीकरण सोधेको छ।

    प्रचण्डकी बुहारी बिना मगरले कञ्चनपुरमा मौन अवधिमा आचारसंहिता उल्लंघन गरेर चुनावी प्रचार गरिरहेको तस्बिरहरु पनि बाहिरिएका थिए।

    बैशाख २९, २०७९ बिहिवार ०९:४२:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माओवादी

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend