Logo

बिहिवार, जेठ ५ गते २०७९

images

युवा नेता ठाकुरले सर्लाहीबाट गरे मतदान, लोकतन्त्रलाई बलियो बनाउने विश्वास

युवा नेता ठाकुरले सर्लाहीबाट गरे मतदान, लोकतन्त्रलाई बलियो बनाउने विश्वास

नेपालपाना बैशाख ३० २०७९
  • 1.1K
    SHARES
  • युवा नेता ठाकुरले सर्लाहीबाट गरे मतदान, लोकतन्त्रलाई बलियो बनाउने विश्वास

    काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता विकाशकुमार ठाकुरले स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान गरेका छन्।

    कांग्रेसभित्र प्रभावशाली हिन्दुवादी युवा नेता ठाकुरले कविलासी नगरपालिका वडा नम्बर ७ बाट मतदान गरेका हुन्। ठाकुरले विहान जनता प्रावि गैर मतदान केन्द्रमा मतदान गरेका हुन् । 

    मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता ठाकुरले स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताए । सुदृढ र संस्थागत लोकतन्त्रमा निर्वाचनले महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । मतदान गर्न पाउँदा गौरवाम्वित भएको र यसले देशलाई नयाँ बाटोमा लैजाने उनले बताए ।

    ठाकुरले देशभरमै कांग्रेस पहिलो पार्टी बन्ने ठोकुवा गरे । सर्लाहीमा १२ देखि १५ वटा पालिकामा जित सुनिश्चित रहेको उनले दाबी गरेका छन् ।

    बैशाख ३०, २०७९ शुक्रवार १०:३६:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिकाश ठाकुर

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend