रौतहट । रौतहटमा मतदान गर्न रातो वत्तीवाला गाडीमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई स्थानीयले लखेटेका छन् । अरुबेला काठमाडौंमा बसेर रमाउने र चुनावका बेला प्रभाव पार्न जिल्ला आएर रातो वत्तीमा मतदान केन्द्र घुमेको भन्दै स्थानीय दलका नेता कार्यकर्ताले नेपाललाई लखेटेका हुन् । उनलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए ।
गौरमा मतदान केन्द्रभित्र छिर्न खोज्दा माधव नेपाललाई कांग्रेस कार्यकर्ताले लखेटेका गरेका हुन् । पूर्वप्रधानमन्त्री नेपाललाई रौतहट सदरमुकाम गौरको विभिन्न वडाको मतदान केन्द्रमा घुम्ने क्रममा वडा नम्बर ५ गौरीशंकर यादव रौतहट क्याम्पस मतदान केन्द्रभित्र छिर्न खोज्दा स्थानीयहरुले नाराबाजी गरेका थिए ।
गौर- २ मा रहेको रामजानकी कन्या प्राविमा मत खसालेर गौरीशकर क्याम्पसको बुथमा छिर्न खोजेका नेता नेपाललाई त्यहाँबाट नाराबाजी गर्दै लखेटेका हुन् । सुरक्षाकर्मीको सहयोगमा नेता नेपाल सो स्थानबाट बाहिरिएका थिए ।