Logo

मंगलवार, मंसिर १३ गते २०७९

जम्मू हमलामा आईएसआई र हक्कानी नेटवर्कको संलग्‍नता

जम्मू हमलामा आईएसआई र हक्कानी नेटवर्कको संलग्‍नता

नेपालपाना जेठ १ २०७९
  • 4.0K
    SHARES
  • जम्मू हमलामा आईएसआई र हक्कानी नेटवर्कको संलग्‍नता

    जम्मु । २२ अप्रिलमा जम्मू मुठभेडमा दुई पश्तो-भाषी विदेशी आतंकवादी मारिएपछि, खुफिया एजेन्सीहरूले यो आक्रमण हक्कानी नेटवर्कको सहयोगमा आईएसआईले गराएको भएको हुनसक्ने आशंका गरेको छ। हक्कानी नेटवर्क प्रायः पूर्वी अफगानिस्तान र उत्तर-पश्चिमी पाकिस्तानमा सक्रिय रहेको भए पनि पछिल्लो समय जम्मु पनि आएको हुनसक्ने बताइएको छ। 

    एडीजीपी मुकेश सिंहले सुन्जुवान मुठभेड पछि आतंकवादीहरूको सहयोगी एक जना शफिक अहमदलाई गिरफ्तार गरिएको बताएका थिए। उनले आतंकवादीहरुलाई आफ्नो घरमा राखेको र यसबारे प्रहरी जानकारी नदिएको बताइएको छ। 

    जम्मू कश्मीरमा पश्तून आतंककारीहरूको उपस्थितिले पनि केन्द्रीय र राज्य गुप्तचर एजेन्सीहरू बीच खतराको घण्टी बजाएको छ। जसले अब आतंकवादीहरूलाई जम्मूमा पम्प गर्नको लागि डरलाग्दो आतंकवादी समूह, हक्कानी नेटवर्कको संलग्नता भएको आँकलन गरिएको हो। 

    अफगानिस्तानमा तालिबान शासनको स्थापना पछि, उपत्यकामा स्थानीयमा अतिवादीहरूलाई आईएसआईले काश्मीरतर्फ लैजान सक्ने आशंकाहरू थिए। उधमपुरमा रहेको उत्तरी कमाण्डमा रहेको सैन्य खुफिया स्रोतहरूले आतंककारीहरू हक्कानी नेटवर्कको एक हिस्सा हुनसक्ने आशंकाहरू गरेको र उनीहरूको विवरण विद्रोही समूह हक्कानीसँग ठ्याक्कै मिल्न गरेको बताएका थिए। 

    स्रोतहरूले लश्कर-ए-तोयबा र जैश-ए-मोहम्मद आतंकवादी समूहहरूको पनि हक्कानी नेटवर्कसँग नजिकको सम्बन्ध भएको बताएका छन्। 

    यसैबीच, सुरक्षा बलहरूले दावी गरे कि दुई आतंककारीहरूलाई साम्बा जिल्लाबाट कश्मीरी ड्राइभरले आफ्नो ट्रकमा लगेको भन्‍ने सूचनापछि बीएसएफले सीमामा ठूलो खोजी अभियान चलाएको थियो। 

    जेठ १, २०७९ आइतवार ०९:२६:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जम्मू–कश्मीर

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend