Logo

बुधवार, आषाढ २२ गते २०७९

images

मोदीको लुम्बिनी भ्रमणमा नेपाल र भारतबीच ६ वटा सम्झौता, हाइड्रोदेखि शिक्षा प्रविधिसम्म समेटियो

मोदीको लुम्बिनी भ्रमणमा नेपाल र भारतबीच ६ वटा सम्झौता, हाइड्रोदेखि शिक्षा प्रविधिसम्म समेटियो

नेपालपाना जेठ २ २०७९
  • 2.8K
    SHARES
  • मोदीको लुम्बिनी भ्रमणमा नेपाल र भारतबीच ६ वटा सम्झौता, हाइड्रोदेखि शिक्षा प्रविधिसम्म समेटियो

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा नेपाल र भारतबीच ६ वटा सम्झौता भएको छ । 

    दुई मुलुकबीच हाइड्रोदेखि शिक्षासम्म ६ बुँदामा सम्झौता भएको भारतको विदेश मन्त्रालयले जनाएको छ । 

    सम्झौताहरू निम्न प्रकार छन्:

    १- बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता ।

    २- भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।

    ३- भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौँ विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।

    ४- काठमाडौँ विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआइटीएम)बीच सहयोगको सम्झौता ।

    ५- नेपालको काठमाडौँ विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने ।

    ६- अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतलज जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनइए)बीच सम्झौता।

    जेठ २, २०७९ सोमवार १७:०७:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री मोदी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend