काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले लगातार अग्रता फराकिलो बनाएका छन् ।
पछिल्लो पटक सार्वजनिक मतपरिणामअनुसार उनले ८०३७ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ४२५९ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ३७०३ मत पाएकी छन् ।