Logo

शनिवार, आषाढ ११ गते २०७९

images

यस पटकको चुनावमा कांग्रेस पहिलो दल बन्ने निश्चित

यस पटकको चुनावमा कांग्रेस पहिलो दल बन्ने निश्चित

नेपालपाना जेठ २ २०७९
  • 2.4K
    SHARES
  • यस पटकको चुनावमा कांग्रेस पहिलो दल बन्ने निश्चित

    काठमाडौँ । यसपटकको स्थानीय तहको चुनावमा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ । 

    कांग्रेसले अहिलेसम्म धेरै ठाउँमा जित हात पारेको छ भने, उसले अहिलेसम्म अग्रता पनि अरु दलभन्दा दोब्बर बनाएको छ ।

    पछिल्लो चुनावी मतपरिणाम हेर्दा कांग्रेसले ८४ पालिकामा जित हासिल गरेको छ । यो नतिजा अहिलेसम्मको सर्वाधिक हो । दोस्रो स्थानमा रहेको एमालेले ५५ पालिकामा विजय हात पारेको छ । 

    यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले भने ३९ ठाउँमा मात्रै जित दर्ता गरेको छ । गठबन्धन गर्दाको सिधा फाइदा कांग्रेसलाई भएको छ । त्यसको केही फाइदा माओवादीलाई पनि भएको देखिन्छ । गठबन्धनमा नेकपा एकिकृत समाजवादी भने जम्मा तीन वटा पालिकामा मात्रै जित हात पार्न सफल भएको छ ।

    यस्तै अग्रताका हिसाबले पनि नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले अहिलेसम्म २२८ पालिकामा अग्रता लिएको छ भने एमालेले १३९ पालिकामा अग्रता बनाएको छ । यस्तै माओवादी केन्द्रले ८४ पालिकामा मात्रै अग्रता बनाएको छ ।

    जेठ २, २०७९ सोमवार २१:३२:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्थानीय चुनाव

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend