काठमाडौं । २५६६ औं बुद्ध जयन्ती मनाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी आउँदा विश्वभर तरंग छाएको छ ।
विश्वलाई लिड गर्ने सर्वोत्कृष्टमध्ये एक नेता मोदीको आगमनले एकपटक नेपाल विश्वमा छाएको छ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी चिन्ने अवसर पाएका छन् ।
विश्वका धेरै देशमा कायम रहेको भ्रम मोदीको भ्रमणले निवारण गरेको छ ।
मोदी लुम्बिनी भ्रमणमा आउँदा, उनले सम्बोधन गर्दा विश्वभरका देशमा रहेका भारतीय दूतावासले सामाजिक सञ्जालमा ब्यापक प्रचार गरेका छन् ।
बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा प्रधानमन्त्री मोदीले पुजाअर्चना गरेको, सम्बोधन गरेको, बुद्धि सर्किणको अवधारणा जस्ता कुरालाई विभिन्न देशमा रहेका भारतीय दूतावासले सामाजिक सञ्जालसहित आ-आफ्नो सञ्जालमार्फत ब्यापक प्रचार प्रसार गरेका छन् ।
यसले भारत पनि नेपालको लुम्बिनीलाई विश्वमा चिनाउन एक छिमेकीको हैसियतले मैदानमा उत्रिएको छ । यसअघि विभिन्न समयमा फैलिएको भ्रम तोड्न भारत आफै अग्रसर भएको छ । मोदीले आफ्नो सम्बोधनमै पनि नेपाललाई सगरमाथाको देश, बुद्धको देश, प्राचिन सभ्यता र शान्तिको देश भनेर सम्बोधन गरेर एउटा सन्देश दिएका छन् । यो पनि नेपालका लागि ठूलो कुरा हो ।
विश्व नेता मोदीको भ्रमण तथा सम्बोधनले विश्वभरका बौद्धमार्गीमाझ पनि एउटा सन्देश दिएको छ । बुद्धको उद्गम स्थल नै नेपाल हो भन्ने ।
त्यतिमात्रै होइन भारतले बुद्ध स्थल लुम्बिनीलाई बुद्धत्व प्राप्त गरेको बोदयगा, सारनाथ र कुशीनगरसँग जोड्ने योजना अघि बढाएको छ । सडक सञ्जालमार्फत जोडेर भारतीय पर्यटक लुम्बिनी आउने र नेपाली पर्यटक बोदगया जानेगरी कनेक्टिभी जोड्ने भारतको योजनामा नेपाल पनि सहभागी छ । यसले नेपालको पर्यटनलाई पनि टेवा पुग्नेछ ।