Logo

बुधवार, आषाढ २२ गते २०७९

images

सर्लाहीमा मिल्यो सर्वेक्षण, ९ पालिकामा जित र तीनमा अग्रताका साथ कांग्रेस पहिलो पार्टी, सुरेन्द्रको नेतृत्वमा जिल्ला नै कांग्रेसमय

सर्लाहीमा मिल्यो सर्वेक्षण, ९ पालिकामा जित र तीनमा अग्रताका साथ कांग्रेस पहिलो पार्टी, सुरेन्द्रको नेतृत्वमा जिल्ला नै कांग्रेसमय

नेपालपाना जेठ ४ २०७९
  • 6.8K
    SHARES
  • सर्लाहीमा मिल्यो सर्वेक्षण, ९ पालिकामा जित र तीनमा अग्रताका साथ कांग्रेस पहिलो पार्टी, सुरेन्द्रको नेतृत्वमा जिल्ला नै कांग्रेसमय

    सर्लाही । नेपाली कांग्रेसले सर्लाही जिल्लामा ९ वटा पालिकामा जित हासिल गरेको छ भने तीन पालिकामा अग्रता लिइरहेको छ । 

    २०७४ को स्थानीय तहको निर्वाचन नतिजाको तुलनामा यसपालि कांग्रेसले धेरै सुधार गरेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अगाडि नै पोलिटिकल एनालाइसिस रिसर्च सेन्टरले सर्लाहीमा १२ पालिकामा कांग्रेसले जित्ने र पहिलो पार्टी बन्ने सर्वेक्षण गरेको थियो । 

    अहिले निर्वाचनपछिको नतिजाले यो सर्वेक्षण मिलेको छ । कांग्रेसले ९ पालिकामा जितिसकेको छ । तीन पालिकामा भारी मतान्तरले अग्रता लिइरहेको छ ।  

    कांग्रेसबाट धनकौल गाउँपालिका - रामआश्रय साह, कौडेना गाउँपालिका - रुपेश कुमार उर्फ बब्लु, हरिपुर नगरपालिका - गोपाल पजियार, ब्रह्मपुरी गाउँपालिका - रामपदारथ साह, मलंगवा नगरपालिका - नागेन्द्र राय यादव विजयी भएका छन् । 

    त्यसैगरी बिष्णु गाउँपालिका - जबाहरलाल यादव, पर्सा गाउँपालिका - धिरेन्द्र यादव (बिषपथ), हरिपुर्बा नगरपालिका - बिनोद कुमार साह र चन्द्रनगर गाउँपालिका - राजकुमार महतो कांग्रेसबाट विजयी भएका छन् ।

    त्यसैगरी कांग्रेसबाट कविलासी नगरपालिकामा ब्रह्मदेव यादवले, ईश्वरपुर नगरपालिकामा मनोज आचार्य र लालबन्दी नगरपालिकामा वासुदेव अधिकारीले अग्रता लिइरहेका छन् ।  

    निर्वाचनअन्तर्गत १२ पालिकामा जित सुनिश्चित गरेर कांग्रेसले करिब ६५ प्रतिशत नतिजा जिल्लाभर हासिल गर्ने अवस्था सिर्जना भएको छ । एक हिसाबले भन्ने हो भने सर्लाही जिल्ला नै कांग्रेसमय बनेको छ । 

    यसका पछाडि १४ अधिवेशनबाट नेतृत्वमा आएका जिल्ला सभापति सुरेन्द्र सिंहको महत्वपूर्ण भूमिका छ । उनको भिजन, रणनीतिले कांग्रेसलाई जिल्लामै पहिलो पार्टी बनाउन सफल भएको छ । यसअघि एमाले र माओवादीले जितेका ठाउँमा पनि कांग्रेसले जितको झण्डा गाडेको छ । 

    १४औं महाधिवेशनमा जिल्लालाई कांग्रेसमय बनाउने घोषणा गरेका सिंहले आफ्नो मेहनत र परिश्रमले त्यो घोषणालाई पूरा गरेका छन् । सिंहलाई निवर्तमान सभापति नागेन्द्र कुमारले अभिभाकत्व भूमिकामा महत्वपूर्ण सुझाव सल्लाह दिएर पार्टी संगठनलाई चुस्त बनाउने र राजनीतिक सफलता हात पार्न सघाइरहेका छन् ।  

    चुनावअघि सभापति सिंहकै अगुवाईमा कांग्रेसप्रति आम जनताको आकर्षण बढेको थियो । पार्टी प्रवेश गराउन सिंहलाई हम्मे हम्मे परेको थियो । अन्य पार्टीका नेता कार्यकर्ता प्रवेश गर्न तछाड मछाड गरेका थिए । जसको नतिजा अहिले चुनावपछि सुखद रुपमा देखिएको छ ।

    जेठ ४, २०७९ बुधवार १७:३९:५२ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend