Logo

बुधवार, आषाढ २२ गते २०७९

images

भारतले नेपाललाई १.७ लाख टन रासायनिक मल दिने

भारतले नेपाललाई १.७ लाख टन रासायनिक मल दिने

नेपालपाना जेठ ४ २०७९
  • 2.1K
    SHARES
  • भारतले नेपाललाई १.७ लाख टन रासायनिक मल दिने

    काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल  सहयोग गर्ने भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार यही वर्ष उक्त परिमाणमा मल नेपाल पठाउने भएको हो। 

    त्यस्तै भारतले अहिलेकै एक अर्ब अमेरिकी डलर ऋणअन्तर्गत श्रीलंकालाई पनि ६५ हजार टन युरिया मल आपूर्ति गर्ने भएको छ। आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकालाई सहयोग गरिरहँदा नेपाललाई भने चीनबाट सहयोग लिनुअघि नै रणनैतिक रुपमा मल सहयोग गर्न लागिएको टीओआईले समाचारमा उल्लेख गरेको छ। 

    स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारमा भारतले १.२ लाख टन युरिया र ५० हजार टन डीएपी मल पठाउनेछ। त्यस्तै भुटानलाई पनि भारतले ५३ सय टन डीएपी मल पठाउन लागेको जनाइएको छ। रासायनिक मल निर्यातमा प्रतिबन्ध रहिरहँदा भारतबाट युरिया मल पाउने श्रीलंका नेपालपछि दोस्रो देश रहेको बताइएको छ। 

    जेठ ४, २०७९ बुधवार १९:०१:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल–भारत सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend