Logo

बुधवार, आषाढ २२ गते २०७९

images

राजेन्द्र महतोको गृह पालिकामा कांग्रेसले गाड्यो चारतारे झण्डा, राजकुमारले हराए महतोका दाई महेन्द्रलाई

राजेन्द्र महतोको गृह पालिकामा कांग्रेसले गाड्यो चारतारे झण्डा, राजकुमारले हराए महतोका दाई महेन्द्रलाई

नेपालपाना जेठ ४ २०७९
  • 7.1K
    SHARES
  • राजेन्द्र महतोको गृह पालिकामा कांग्रेसले गाड्यो चारतारे झण्डा, राजकुमारले हराए महतोका दाई महेन्द्रलाई

    सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका शीर्ष नेता राजेन्द्र महतोको गृहपालिकामा नेपाली कांग्रेसले विजयीको झण्डा गाडेको छ । 

    महतोको गृहपालिका सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो विजयी भएका हुन् ।

    यसअघि राजेन्द्र महतोका दाई महेन्द्र महतो गाउँपालिका अध्यक्ष रहेको चन्द्रनगरमा कांग्रेसका राजकुमारले चारतारे झण्डाबाट जित हासिल गरेका हुन् । 

    राजकुमारले माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र मुखियालाई पनि ४५९ मतले पछि पार्दै विजयी भए । महतोले ३ हजार ९९५ मत पाएका छन् भने प्रतिद्वन्द्वी माओवादीका मुखियाले ३ हजार ५३६ मतमा समेटिए ।

    कांग्रेसका राजकुमारले निवर्तमान गाउँपालिका अध्यक्ष लोसपाका महेन्द्रलाई तेस्रो स्थानमा खुम्च्याए । २ हजार ८८५ मतसहित तेस्रो स्थानमा खुम्चिएका महेन्द्र २०७४ सालमा उनी अध्यक्ष भएका थिए । तर यसपालि कांग्रेसले छिनेको हो । 

    उपाध्यक्षमा माओवादी केन्द्रकी गीता देवी महतो ३ हजार ८६० मतसहित विजयी भएकी छन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी मंजु देवीले २ हजार ९५८ मत प्राप्त गरेकी छन् ।

    जेठ ४, २०७९ बुधवार १९:०७:४९ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend