काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्रतर्फका उम्मेदवार बालेन्द्र (बालेन) शाह आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मतका साथ अगाडि रहेका छन् ।
बुधबार बेलुकीको मतपरिणाम अनुसार उनी १८ हजार १५० मतका साथ अगाडि छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित ९ हजार ४५० मतका साथ पछ्याइरहेका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छन्। उनले ८ हजार ५८९ मत ल्याएकी छन्। अहिलेसम्म ४७ हजार ६२३ मत गणना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
महानगरको उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोलले १७ हजार ८२६ मत ल्याएकी छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १ हजार ८९७ मत प्राप्त गरेका छन्।