काठमाडौं। भरतपुर महानगरपालिकामा मेयरका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले फराकिलो मतान्तर बनाएकी छन्।
३१ हजार ६९३ मतगणना हुँदा उनले २१ सय ९८ मतको अग्रता लिएकी छन् । रेणुले ११७१६ मत पाउँदा एमालेका विजय सुवेदीले ९५१८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको भूईँकटहर चुनाव चिह्नमा ५१४७ मत खसेको छ ।
त्यस्तै उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी १३८९१ मतसहित अग्रस्थानमा हुँदा राप्रपाकी हिमला गुरुङले ७७२८ मत ल्याएकी छन् । उनीहरूबीच ६१ सय ६३ मतको अन्तर रहेको छ ।